दुर्गा भवानीको उपसना गरी चैते दसैँ मनाइँदै

दुर्गा भवानीको उपासना गरी आजचैते दसैँ मनाइँदै छ । दानवीशक्तिमाथि दैवीशक्ति र असत्यमाथि सत्यको विजयस्वरूप देवीभागवत्, कालिका पुराण, चण्डी पाठ गरी चैत शुक्ल अष्टमीका दिन दसैँ मनाउने प्रचलन छ ।यो दिन अशोकको फूलखानाले रोगव्याधि र शोक नाश हुन्छ भन्ने जनविश्वास छ । चैते दशैंमा हनुमानढोकाको दशैं घरमा घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन […]

आजबाट नयाँ वर्ष २०७८ सुरु

आजबाट नयाँ वर्ष २०७८ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते, आज देश विदेशमा बस्ने नेपालीहरुले एकआपसमाशुभकामनाआदानप्रदान गरी मनाइरहेका छन् ।आज हरेक व्यक्तिले गतवर्ष गरेकाकामको सफलता र असफलतामूल्याङ्कन गरी नयाँ योजनाको संकल्पगर्ने गर्दछन् । नयाँवर्षको अवसरमा सरकारले सार्वजनिकविदासमेत दिएको छ । नयाँवर्षको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र विभिन्न राजनीतिकदलका नेताहरूले […]

रंङहरुको पर्व फागु आज तराईमा मनाइँदै

रङैरंङको पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गदै आज तराईमा मनाईदैछ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकापसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी […]

फागु पूर्णिमा अर्थात् होली पर्व मनाईदै

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ ।वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।विगत वर्ष जस्तै यस वर्ष पनि कोरोनाको प्रभाव […]

विसं २०७८ सालमा तीन वटा दशैँ

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो पञ्चाङ्गमा उल्लेख छ । यसैगरी विसं २०७८ को चैत २६ गते शनिबार पनि अर्को चैत्र शुक्ल […]

आज महाशिवरात्री पर्व भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी मनाइँदै

आज महाशिवरात्री पर्व, आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी मनाइँदैछ । पशुपतिनाथ सहितका देशभरका शिवालयहरुमा शिवको पूजा आराधना गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ ।शिवको पूजा आराधना गरे सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मिक विश्वास रहेको छ । यसै विश्वासका साथ वैदिक सनातन हिन्दू धर्मावलम्बीले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई […]

आज वसन्त पञ्चमी, विद्याका देवी सरस्वतीको पूजा गरी मनाइँदै

माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । सूर्य उत्तरतिर लागेर दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ ।विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका […]

तामाङ समुदायको सोनाम ल्होसार पर्व आज मनाईदै

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु भएको छ ।आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ।प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, […]

आज माघे सङ्क्रान्ति तथा माघी पर्व मनाईदै

आज माघे सङ्क्रान्ति तथा माघी पर्व । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणीलगायतका ठाउँ तथा नदीनालामा माघ स्नान गर्न भक्तजनको घुइँचो लाग्ने गर्दछ । थारु, मगर र किराँत समुदायले आज नयाँ वर्षका रुपमा स्नान, दान एवं खानपिन […]

दोलखामा सर्वसाधारणका लागी बन्द गरिएको मठमन्दिर आजबाट खुल्यो

दोलखामा सर्वसाधारणका लागी बन्द गरिएको मठमन्दिर आजबाट खुलेका छन् । जिल्ला संकट व्यवस्थापन समितिको विहिबार बसेको बैठकले मन्दिर, गुम्बा लगाएत धार्मीक स्थलमा लगाइएको निषेधाज्ञा हटाउने निणर्य गरेको हो । मन्दिर व्यवस्थापन समिति तथा गुम्बा व्यवस्थापन समितिले स्वास्थ्य मापदण्डको पुर्ण् पालना गराउँदै जिल्लाको प्रशिद्ध धार्मीक स्थलहरु कालिन्चोक भगवती, दोलखाको भीमेश्वर मन्दिर सहित जिल्लाका सबै धार्मीक स्थल […]