नेकपालाई कुनैपनि हालतमा फुट्न दिँदैनौंः देवेन्द्र पौडेल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले अहिले देखिएको पार्टीभित्रको समस्या समाधानको लागि ‘नयाँ आधारमा नयाँ एकता’ गर्नुपर्ने आवश्यककता औंल्याएका छन् ।  उनले पार्टीभित्रका समस्या सुल्झाउनका निम्ति औपचारिक बैठकको निरन्तरता भन्दापनि “साईड होमवर्क”हरु गरी बैठकलाई टुंगो लगाउन स्थायी कमिटी बैठक स्थगन गरिएको र अहिले अध्यक्षद्धय केपी शर्मा ओली […]

‘भारतीय पक्षको हेपाहा प्रवृत्तिलाई स्वीकार गर्न सकिन्न’

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग राष्ट्रिय समाचार समिति (रासस)ले गरेको कुराकानीको सम्पादित विवरण भारतले नेपालको भूभागमा सडक बनाएर उद्घाटन गराउँदासम्म पनि नेपाल सरकारले आफ्नातर्फबाट त्यसलाई रोक्न पहल नगरेको भन्ने आलोचना भइरहेको देखिन्छ । यसबारेमा नेपाली जनता आश्वस्त हुने गरी भनिदिनोस्, सरकारले केके गरेको हो ? इतिहासमै पहिलोपटक, वर्तमान सरकारले नेपाल भारत सीमा क्षेत्रमा नेपाली भूमिमाथि […]

पाल्पाको खानिछाप स्वास्थ्य चौकीबाट निशुल्क सुरक्षित गर्भपतन सेवा सुरु

स्वास्थ्यसमाचार बगनासकाली गाउँपालिका वडा न ४ खानिछापमा रहेको स्वास्थ्य चौकीबाट निशुल्क सुरक्षित गर्भपतन सेवा प्रदान गरिने भएको छ । अन्जानमा हुन गएको, हाड नाता वा कुनै पनि कारण वस रहन गएको ९ हप्ता सम्मको गर्भलाई औषधिको माध्यमबाट सुरक्षितसाथ स्वास्थ्य चौकीमै सेवा लिन सक्ने ब्यबस्था मिलाईएको हो ।कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथि बगनासकाली गाउँपालिकाकी उपाध्यक्ष सरस्वती […]

अनमीको समायोजन नटुंगिदै रमाना

स्वास्थ्यसमाचार समायोजन सूची सार्वजनिक गरेपनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य समूहका कर्मचारीलाई पदस्थापन हुनका लागि चिठी दिइसकेको छैन । तर, बाँकेको एक गाँउपालिकाले भने आफ्ना एक जना कर्मचारीलाई समायोजनमा परेको भन्दै रमाना दिएर विदा गरेको छ । उता रमाना लिएर गएको कार्यालयका अधिकारीले पनि निजलाई हाजिर गराउनु भनि फाँटवालालाई आदेश दिएका छन् ।समायोजनमा […]

रुघाखोकीको उपचार नपाएर हुम्लामा नौजनाको मृत्यु, दुई सय बिरामी

हुम्लाको दक्षिणी भेगमा रहेको ताँजाकोट गाउँपालिकामा रुघाखोकीका कारण ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । २६ चैतयता फैलिएको महामारीले दुई सय बासिन्दा बिरामी छन् । तर, १९ दिनसम्म पनि उनीहरूले औषधि पाएका छैनन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ताँजाकोटमा मृत्यु हुनेको संख्या अपडेट गराएको छ । तर, केन्द्र अथवा प्रदेश सरकारको कुनै पनि टोली अहिलेसम्म प्रभावित गाउँमा पुगेको […]

गुल्मीको झाडापखाला प्रभावित दर्जाकोटमा ‘वाटर एम्बुलेन्स’

स्वास्थ्यसमाचार फोहर खानेपानीका कारण झाडा पखालाले प्रभावित भएको गुल्मीको मुसिकोट नगरपालिकामा पानी शुद्धिकरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले आज वाटर एम्बुलेन्स पठाएको छ । खानेपानीमन्त्री बिना मगरले झाडापखाला क्षेत्रमा खानेपानी शुद्धिकरणका लागि आज ‘वाटर एम्बुलेन्स’ पठाइएको जानकारी दिईन ।मुसिकोट नगरपालिका–४ स्थित दजाकोट क्षेत्रमा पानी शुद्धीकरण जाँच गर्नका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी […]

बालबालिकालाई जङ्कफुड खुवाउँदै हुनुहुन्छ ? होसियार

स्वास्थ्यसमाचार अस्वस्थकर (जङ्कफुड) खानामा पर्याप्त पोषणतत्व छैन र यसले बालबालिकाको समग्र स्वास्थ्यमा खराब गर्छ भन्ने जान्दाजान्दै अभिभावकले आफ्ना बालबालिकालाई जङ्कफुड खुवाइरहेका छन् । सस्तो र सजिलै पाइने हुनाले विशेषगरी काठमाडौँ उपत्यकाका अभिभावले आफ्ना बालबालिकालाई खाजाका रूपमा नुन र चिनीको मात्रा बढी भएको अस्वस्थ जङ्कफुड खुवाइरहेको एक अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा […]

रुघाखोकीको उपचार नपाएर हुम्लामा नौजनाको मृत्यु, दुई सय बिरामी

हुम्लाको दक्षिणी भेगमा रहेको ताँजाकोट गाउँपालिकामा रुघाखोकीका कारण ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । २६ चैतयता फैलिएको महामारीले दुई सय बासिन्दा बिरामी छन् । तर, १९ दिनसम्म पनि उनीहरूले औषधि पाएका छैनन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ताँजाकोटमा मृत्यु हुनेको संख्या अपडेट गराएको छ । तर, केन्द्र अथवा प्रदेश सरकारको कुनै पनि टोली अहिलेसम्म प्रभावित गाउँमा पुगेको […]

महिलाले बनाएको प्याड पुरुषलाई उपहार

स्वास्थ्यसमाचार महिलाहरुले महिनावारीको समयमा आवश्यक ध्यान पुर्याउन नसक्दा धेरै महिलाहहरुमा स्वास्थ्य समस्या आउने भन्दै घरका पुरुषलाई सेनिटेरी प्याड बनाएर उपहार दिएका छन। घरमा पुरुषहरुले स्वास्थ्यको ख्याल गर्नुपर्ने चेतना जगाउनको लागी पुरुषलाईसेनिटेरी प्याड उपहार दिएको सैनामैना नगरपालिका वडा नं ७का महिलाहरुले बताए ।

झाडापखालाका कारण गुल्मीमा एकको मृत्यु १सय ९० बिरामी

स्वास्थ्यसमाचार जिल्लाको मुसिकोट नगरपालिका वडा ४ दजाकोटमा फैलिएको झाडापखलाका कारण एक वालकाको मृत्यु भएको छ । झाडापखालाका कारण १२ वर्षीय रेशम सिंजालीको मृत्यु भएको हो ।गत १० गते देखि फैलिएको झाडापखलाका कारण बिरामी हुनेको संख्या १सय९० पुगेको छ । अहिले दिसा र पानीको नमुना संकलन गरी परीक्षणका लागि केन्द्रीय प्रयोगशाला टेकु पठाइएको छ । झाडापखला […]