कांग्रेसको ज्येष्ठ राजनीतिज्ञ सभामा रामेछापका ३ जना मनोनित

कांग्रेसको ज्येष्ठ राजनीतिज्ञ सभामा रामेछापका ३ जना मनोनित

नेपाली कांग्रेसले ज्येष्ठ राजनीतिज्ञ सभामा रामेछापका ३ जना नेतालाई मनोनित गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले बुधबार मनोनित गरेका ४ सय ७९ मध्ये १२ जना जेष्ठ राजनीतिज्ञ सभामा परेका हुन् । राजनीतिज्ञ सभामा जिल्लाका पुराना नेताहरू शिब बहादुर खड्का , मेघ बहादुर खत्री र डिक बहादुर तामाङ मनोनित भएका छन् । कांग्रेसको विधानको नियमावलीको नियम ५० मा ज्येष्ठ राजनीतिज्ञ सभा गठन सम्बन्धी व्यवस्था छ । सो प्रावधान अनुसार काँग्रेसमा रही लामो समयदेखि निरन्तर योगदान पुर्याउँदै आएका तर वर्तमान अवस्थामा पार्टीको कुनै पनि तहको पदीय जिम्मेवारीमा नरहेका ६५ वर्ष उमेर पुगेका पार्टीका ज्येष्ठ राजनीतिककर्मीको सहभागितामा केन्द्रीय सभापतिको अध्यक्षतामा केन्द्रमा ज्येष्ठ राजनीतिज्ञ सभा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार