एक प्रहरीले गर्छन् झण्डै नौसय नागरिकको सुरक्षा
नुवाकोटमा एक जना प्रहरीले झण्डै नौसय नागरिकको सुरक्षा गर्नु पर्ने दायित्व रहेको छ । दरवन्दी अनुसार प्रहरी नहुँदा शान्तिसुरक्षामा प्रभावकारिता हुन नसकेको स्वयम् प्रहरीले जनाएको छ । २ नगरपालिका र १० गाउँपालिकासहित १२ स्थानीय तह रहेको पहाडी संरचनाको नुवाकोटमा सुरक्षा प्रणालीलाई व्यवस्थित गर्न मजबुत योजनासहित प्रहरी परिचालन भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । […]

