प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ 

प्रहरीलाई घुस दिन खोज्दा भक्तपुरमा एक जना पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका–२ सानोठिमीस्थित सडकमा महानगरीय प्रहरी प्रभागबाट ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने मोरङ विराटनगर उपमहानगरपालिका–१ घर भई हाल सानोठिमी बस्ने ३० वर्षका जीवन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । बा.९० प २२५० नम्बरको मोटरसाइकल आज चेकजाँच गर्नेक्रममा मादक पदार्थ सेवन गरेका […]

समुदायस्तरमै कोरोनाको सङ्क्रमणको लक्षण, जनप्रतिनिधि र चिकित्सक चिन्तित

सरकारले साउन ७ गते मध्यराति देखि झण्डै ४ महिना यताको लकडाउन अन्त्य भएको घोषणा ग¥यो । सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेको ४ दिनमा प्रदेश २ मा कोरोना सङ्क्रमणका कारण ५ जनाको मृत्यु भइसकेको छ भने समुदाय स्तरमै सङ्क्रमण फैलिएको हुनसक्ने चिकित्सकहरुले बताईरहेका छन् । दुई दिन पर्साका एक जना १७ वर्षका किशोरीको पनि कोरोना […]

रामेछाप सुकाजोरमा कबर्ड हल बन्दै ( फोटोफिचर )

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोरमा नगरपालिकाको गौरवको आयोजना अन्तर्गत कबर्ड हल निर्माणाधीन अवस्थामा छ । ५ करोड २० लाख लागतमा निर्माण हुने कबर्ड हल कस्तो बन्दै छ त ? यो सबैको चाँसो र सरोकारको विषय हो । सुकाजोरमा बन्दै गरेको कबर्ड हल यस्तो बन्दै छ । हेर्नुस तस्विरमा :

पुर्व डिआइजीपी रञ्जन कोइराला प्रकरणमा प्रधानन्यायाधीशको फैसला पुनरावलोकन हुने

सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने प्रधानन्यायाधीश फैसला पुनरावलोकन हुने भएको छ । न्यायाधीश बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले फैसला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनलाई अनुमति दिने आदेश सुनाएको हो । उक्त इजलासले सरकारका तर्फबाट पेस भएको निवेदनको सुनुवाइ गरी फैसला पुनरावलोकन हुने वा नहुने आदेश गर्ने […]

प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

प्रहरी प्रधान कार्यालय काठमाडौंमा कार्यरत चार जना अधिकारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सवारी शाखामा कार्यरत चार जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालयले जनाएको हो । प्रहरी अस्पतालमा गरिएको परीक्षणमा चार जनालाई सङ्क्रमण देखिए पनि थप पुष्टिका लागि टेकु अस्पताल पठाइएको नेपाल प्रहरीका प्रवक्ता डीआईजीपी […]

रामेछापका ५३० जनाको पीसीआर परीक्षण, ५६ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा आईतबार अर्थात आजसम्म ५ सय ३० जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यसमध्ये विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने संक्रमित २ जनाको उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ५ सय […]

रामेछाप हिलेपानी भालुखोप सडक कालोपत्रै हुँदै

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको गौरवको योजना अन्तर्गत वडा नम्बर ७ मा पर्ने हिलेपानी भालुखोप सडक खण्ड अन्तर्गत ३ किलोमिटर सडक कालोपत्रेको काम अगाडि बढेको छ । अहिले सडक कालोपत्रे गर्नका लागि धमाधम काम भैरहेको वडानम्बर ७ का वडाअध्यक्ष समीर कार्किले जानकारी दिनुभयो । जम्मा १ करोड ५९ लाख लागतमा बाग्मती प्रदेशको ८४ लाख र बाँकी […]

वाग्मती प्रदेशमा सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट वितरण शुरु

सरकारले वाग्मती प्रदेशमा सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट वितरण शुरु गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र प्रदेश नं ३ का भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले संयुक्त रुपमा आज टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टरमा यसको वितरण शुरु गर्नुभएको हो । मन्त्री नेम्वाङले डिजिटल प्रविधिमा गएर स्मार्ट प्लेट रुपका रुपमा इम्बोस्ड प्लेट देशभरका […]

सुकुम्बासीको घर जलाएको र भत्काएको बारेमा छानबिन सुरु

चितवनको कुसुमखोलामा सुकुम्बासीको घर जलाएको र भत्काएको बारेमा छानबिन गर्न बनाइएको समितिले काम सुरु गरेको छ । यसका लागि वन मन्त्रालयको टोली चितवन गएको छ । कुसुमखोला घटना विवादित बनेपछि वन मन्त्रालयका सहसचिव यज्ञनाथ दाहालको नेतृत्वमा तीन सदस्यीय टोली छानबिनका लागि बनाइएको थियो । टोलीमा निकुञ्ज विभागका उपसचिव बिमल आचार्य र अधिकृत हेमराज आचार्य पनि […]

कोरोनाका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो, पर्सामा निषेधाज्ञा

नेपालमा थप २ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएसँगै कोरोनाका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्साका एक महिलाको कोरोनाका कारण मृत्यु भएको हो । वीरगञ्ज ११ का ८५ वर्षका महिलाको नारायणी अञ्चल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । कोरोना […]