रामेछाप भालुखोपकी मृगौला पीडित पाख्रिनको उपचारका लागी सहयोगको अपिल

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ भालुखोपकी दिलमाया पाख्रिनले उपचारका लागि सहयोगको अपिल गर्नुभएको छ । दुबै मृगौलाले काम नगर्ने भएपछि उहाँले आफ्नो उपचारका लागि सहयोगको अपिल गर्नुभएको हो । ५७ वर्षकी पाख्रिनले उपचार गराउन आर्थिक अभाव भएपछि सहयोगको अपिल गर्नुभएको हो । ६ महिनादेखी मृगौलाको डाईलाइसिस गराइरहेको भन्दै उहाँका श्रीमान पुर्ण बहादुर मोक्तानले आर्थिक […]

सबैको मन जितेर रामेछापबाट बिदाई भए डा.यादव

रामेछाप अस्पताल रामेछापमा कार्यरत MD GP&EM डाक्टर मनोज यादव सबैको मन जितेर बिदाई हुनुभएको छ । साँढे २ वर्ष रामेछाप अस्पतालमा बिरामीको सेवामा रातदिन नभनी खटिएर बिरामीको मनमा बस्न सफल हुनुभयो डा.यादव । रामेछाप अस्पतालमा पहिलो पटक प्रसूति शल्यक्रिया सुरु गर्नुभएका डा. यादवले १ सय ५० जना महिलाहरुको सफल रुपमा शल्यक्रिया मार्फत सुत्केरी गराउनुभएको हो […]

रामेछाप नगर उद्योग वाणिज्य संघको स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण

रामेछाप नगर उद्योग वाणिज्य संघको स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण गरिएको छ । रामेछाप अस्पताल रामेछापमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरिएको हो । संघको नवौँ स्थापना दिवसको अवसरमा आज(मंगलबार) अस्पतालमा बेड भर्ना भएका ६ जना बिरामीलाई स्याउ,केरा,आँप,बिस्कुट र जुस वितरण गरिएको रामेछाप नगर उद्योग वाणिज्य संघका अध्यक्ष अमित कुमार तामाङ्गले बताउनुभयो । रामेछाप […]

नेपाल औषधि व्यवसायी संघको स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण

नेपाल औषधि व्यवसायी संघको स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण गरिएको छ । रामेछाप अस्पताल रामेछापमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरिएको हो । २०३० असार १० गते स्थापना भएको संघले आज(सोमबार) ५१ औं स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा नेपाल औषधि व्यवसायी संघ संयुक्त जिल्ला शाखा रामेछाप/दोलखाले बिरामीलाई फलफुल वितरण गरेको हो […]

रामेछाप अस्पतालका मेसु र कर्मचारीबिचको विवाद मिल्यो,अब उत्कृष्ट काम हुने

रामेछाप अस्पताल रामेछापमा केही दिन अघि मेडिकल सुपरिटेण्डेन्ट र अस्पतालमा कार्यरत कर्मचारी बिचको विवाद मिलेको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सहित कार्यालय सहयोगीहरुले मेसु डा.अचुत पौडेलले धेरै जसो कर्मचारीहरुलाई मानसिक तनाव दिने,कामको चाप भइरहेको समयमा अर्को अनावश्यक काम दिने,वार्डमा राउन्ड लिन आउँदा स्टाफलाई अनावश्यक दुख दिने,कर्मचारीको आफनो पदभन्दा फरक किसिमको काम गर्न लगाउने,काम गरिरहेको समयमा […]

रामेछाप गोठगाउँमा भएको विशेषज्ञ सहितको स्वास्थ्य शिविरमा २ सय ३० जनाले लिए सेवा

रामेछापको रामेछाप नगरपालिका वडा नं १ गोठगाउँ स्वास्थ्य चौकीमा विशेषज्ञ सहितको स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा २ सय ३० जनाले सेवा लिएका छ्न । रामेछाप नगरपालिकाको आयोजना र रामेछाप अस्पतालको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको हो । रामेछाप नगरपालिकाका जनस्वास्थ्य अधिकृत विष्णु बहादुर कार्कीका अनुसार शिविरमा ६० जनाले आँखा परीक्षण गराएका छ्न । […]

विशेषज्ञ सहितको स्वास्थ्य शिविरमा ३ सय २७ जनाले लिए सेवा

रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउराली स्वास्थ्य चौकीमा विशेषज्ञ सहितको स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा ३ सय २७ जनाले सेवा लिएका छ्न । रामेछाप नगरपालिकाको आयोजना र रामेछाप अस्पतालको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको हो । रामेछाप नगरपालिकाका जनस्वास्थ्य अधिकृत विष्णु बहादुर कार्कीका अनुसार शिविरमा ७३ जनाले आँखा परीक्षण गराएका छ्न । […]

मेसुविरुद्ध रामेछाप अस्पतालका कर्मचारी आन्दोलित,सामूहिक राजीनामाको घोषणा

रामेछाप अस्पताल रामेछापमा केही महिना अघि मात्रै मेडिकल सुपरिटेण्डेन्ट भएर आउनुभएका डा.अच्युत पौडेलविरुद्ध अस्पतालकै कर्मचारीहरुले आन्दोलनमा उत्रने चेतावनी दिएका छन । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सहित कार्यालय सहयोगीहरुले सामूहिक राजीनामा दिने घोषणा गरेका हुन । मेसु डा.पौडेलले धेरै जसो कर्मचारीहरुलाई मानसिक तनाव दिने,कामको चाप भइरहेको समयमा अर्को अनावश्यक काम दिने,वार्डमा राउन्ड लिन आउँदा स्टाफलाई अनावश्यक दुख […]

रामेछाप नगरपालिकामा डेंगु रोग नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी अभिमुखिकरण

रामेछापको रामेछाप नगरपालिकामा डेंगु रोग नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोग नियन्त्रण गर्न सरोकारवालाहरुलाई अभिमुखिकरण गरिएको हो । रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीको प्रमुख आतिथ्यता र नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत होम बहादुर थापाको अध्यक्षतामा कार्यक्रमको भएको थियो । कार्यक्रममा रामेछाप अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट […]

रामेछापको मन्थलीमा रक्तदान कार्यक्रम सम्पन्न,४५ जनाले गरे रक्तदान

रामेछापको सदरमुकाम मन्थलीमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज(शनिबार) बिहान देवकोटा चोकमा भएको खुल्ला रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन । मन्थली बचत तथा ऋण सहकारी संस्थाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाईटी रामेछाप शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । तामाकोसी सेवा समिति ,रामेछापका सहयोगी मनहरु,रामेछाप काठमाण्डौँ सृजनशिल समाज र […]