रामेछाप अस्पतालमा विरामीको चाप बढ्दो,अस्पतालको सबै शैया बिरामीले भरियो

रामेछाप अस्पतालमा विरामीको चाप बढ्दो,अस्पतालको सबै शैया बिरामीले भरियो

जाडो बढेसँगै रामेछाप अस्पतालमा विरामीको चाप बढेको छ । आजभोली दैनिक विरामीको संख्या बढ्दो छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठका अनुसार हाल दैनिक १ सय देखी १ सय ५० जनासम्म विरामीहरु अस्पतालमा आउने गरेका छन् ।

जाडो बढेसँगै अस्पतालमा दम,रुघाखोकी,ज्वरो,निमोनिया,सुगर÷प्रेसर कन्ट्रोल नभएका बिरामीहरुको चाप बढेको उहाँले बताउनुभयो । अस्पतालको सबै शैया बिरामीले भरिएको छ । अहिले २४ जना बिरामी वेड भर्ना भएर उपचार गराइरहेको निमित्त मेसु श्रेष्ठले बताउनुभयो । वेड भर्ना भएका धेरै बिरामीहरु दम,रुघाखोकी,ज्वरो,निमोनियाको रहेको उहाँले बताउनुभयो ।

अस्पतालमा दैनिक बालकदेखि बृद्धबृद्धा तथा सवै उमेर समूहका विरामीहरु चेकजाँचको लागि आउने गरेको अस्पतालले जनाएको छ । पछिल्लो समय आर्थिक अवस्था कमजोर भएका धेरै बिरामीहरु अस्पतालमा आएर निशुल्क उपचार सेवा लिएर गएका छन । अस्पतालमा हरेक महिनाको एक दिन विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन ।

अस्पतालमा विशेषज्ञ/विशिष्टिकृत सेवा विस्तार भएपछि उपचारको लागी आउने बिरामीको संख्यामा समेत वृद्धि भएको छ । अस्पतालमा प्रसुती सेवा लिने महिलाको संख्या समेत बढेको छ । वितेको ४ आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा अस्पतालमा प्रसुती सेवा लिने महिलाको संख्या दोब्बरले बढेको हो । पछिल्लो समय जिल्लामै भरपर्दो प्रसुति सेवा सञ्चालन भएपछि जिल्लाबासीलाई सहज भएको छ ।

प्रसुति सेवाकै लागि चर्को शुल्क तिरेर राजधानी काठमाडौँ लगायत सुविधा सम्पन्न अस्पताल लानुपर्ने महिलाका लागि जिल्लामै भरपर्दो प्रसुति सेवा सञ्चालन भएपछि सहज भएको हो । प्रसुति सेवाकै लागि रामेछाप सहित छिमेकी जिल्ला सिन्धुली,ओखलढुंगा र दोलखाबाट समेत आउने गरेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार