जिल्ला अस्पताल रामेछापमा उपचारत बिरामीलाई फलफूल वितरण

निशान बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामेछापले सोमबार आफ्नो सहकारी स्थापना दिवस मनाएको छ । सहकारीले १० वर्ष पुरा गरी ११ वर्ष प्रवेश गरेको अवसरमा जिल्ला अस्पताल रामेछापमा उपचारत विरामीहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना सहित फलफूल वितरण गरेर मनाईएको हो । फलफूल वितरणको क्रममा रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले विरामीहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना […]

जिल्ला अस्पताल रामेछापमा डायलायसिस सेवा सुरु

जिल्ला अस्पताल रामेछापले डायलायसिस सेवा सुरु गरेको छ । बिहिबार बागमती प्रदेश सरकारको सहयोगमा अस्पतालले डायलायसिस सेवा सुरु गरेको हो । मिर्गाैलासम्बन्धी रोगीलाई लक्षित गर्दै जिल्ला अस्पतालमा पहिलो पटक सेवा सुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनले जानकारी दिनुभयो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. गगन अधिकारीका अनुसार एक पटकमा ५ वटा मेसिनबाट २ जनाको […]

१५ जिल्लामा हात्तिपाइले रोग विरुद्धको औषधि सेवन अभियान आजदेखि

सरकारले आजदेखि १५ जिल्लामा हात्तिपाइले रोग विरुद्ध आम औषधि सेवन अभियान सुरु गर्दैछ । आजदेखि फागुन २५ गतेसम्म १५ जिल्लामा हात्तिपाईले रोग विरुद्ध औषधि सेवन अभियान सुरु हुन लागेको हो । कर्णालीबाहेक ६ प्रदेशका १५ जिल्लामा यो अभियान चल्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश १ को झापा, मोरङ, मधेस प्रदेशको […]

जिल्ला अस्पताल रामेछाप सहित बागमती प्रदेशका ७ वटा अस्पताललाई एम्बुलेन्स

बागमती प्रदेश सरकारले रामेछाप सहित विभिन्न जिल्लाको ७ वटा अस्पतालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका ७ वटा प्रादेशिक अस्पतालहरुलाई एम्बुलेन्स उपलब्ध गराएको हो । मन्त्रालयले रामेछाप स्थित जिल्ला अस्पताल रामेछाप,दोलखास्थित पशुपति चौलागाई स्मृति अस्पताल,भक्तपुर अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, काभेस्थित मेथिनकोट अस्पताल र बकुलहर रत्ननगर अस्पताललाई ‘ख’ वर्गको […]

रामेछाप नगरपालिकामा लोकप्रिय बन्दै ‘उपप्रमुख सुत्केरी कोशेली भेट कार्यक्रम’

रामेछापको रामेछाप नगरपालिकाले उपप्रमुख सुरक्षित मातृ शिशु कार्यक्रम अन्तर्गत ‘उपप्रमुख सुत्केरी कोशेली भेट कार्यक्रम’ सञ्चालन गरेको छ । यो कार्यक्रम निकै लोकप्रिय बन्दै गएको उपप्रमुख बाल कुमारी थापा कार्कीले बताउनुभयो । यहि साउन महिनादेखी नगरपालिकाले सुरु गरेको यस कार्यक्रममा एक सय भन्दा बढी सुत्केरी महिलाहरुलाई भेटेर पौष्टिक खानकुरा सहितको कोशेली प्रदान गरिएको उपप्रमुख थापा कार्कीले […]

जिल्ला अस्पतालमा संचालन भएको स्वास्थ्य शिविरमा १ सय ३० जनाले लिए सेवा

जिल्ला अस्पताल रामेछापमा शनिबार एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । किष्ट मेडिकल कलेज काठमाण्डौँको प्राविधिक सहयोगमा उक्त अस्पतालका बरिष्ठ चिकित्सकहरुले शिविरमा सेवा दिएका हुन । शिविरमा १ सय ३० जनाले सेवा लिएको रामेछाप नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु कार्कीले जानकारी दिनुभयो । शिविरमा जनरल फिजिसियन तथा पेट सम्बन्धि रोगहरु,दिर्घ रोगीहरु,स्त्रीरोगको परिक्षण तथा उपचार र […]

जिल्ला अस्पताल रामेछाप न्युनतम सेवा मापदण्डमा उत्कृष्ट,अस्पतालले पायो ८४ प्रतिशत

न्यूनतम सेवा मापदण्ड पुरा गर्ने सरकारी अस्पतालमा जिल्ला अस्पताल रामेछापले ८४ प्रतिशत अंक पाएको छ । जिल्ला अस्पतालले न्यूनतम सेवा मापदण्ड (minimum service standard ) मा ८४ प्रतिशत अंक पाएको हो । विभिन्न सूचकका आधारमा मापन गरिँदा अस्पतालले ८४ प्रतिशत अंक पाएको हो । यो विगतको तुलनामा सुधारोन्मुख अंक हो । एक वर्ष अघिको मापन […]

अब जिल्ला अस्पताल रामेछापमै डायलासिस सेवा सुरु हुँदै

जिल्ला अस्पताल रामेछापमा पहिलोपटक डायलासिस सेवा सुरु हुने भएको छ । मिर्गौला बिरामीहरूका लागि जिल्ला अस्पतालमै उपकरण राखेर डायलासिस सेवा सुरु गर्ने तयारी लगभग अन्तिम चरणमा पुगेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर गगन अधिकारीले जानकारी दिनुभयो । नियमित डायलासिस सेवाका लागी अस्पतालले यसअघि नै अस्पतालमै ब्लड बैँकको स्थापना गरिसकेको छ । १५ शैयाको स्वीकृति रहेको जिल्ला […]

रामेछाप रामपुरमा बिहेमा भोज खाएका ३० जना बिरामी,१४ जना अस्पताल भर्ना

रामेछापमा विवाहको भोज खाएका एकै गाउँका ३० जना बिरामी परेका छन् । रामेछाप नगरपालिका–५ रामपुर साईटारका ३० जना बिरामी परेका हुन् । यहि मंसिर २५ गते रामपुर साईटारमा बिहेको भोज खाएकाहरु बिरामी पर्न थालेको त्यहाँका स्थानिय कनक मगरले बताउनुभयो । जिल्ला अस्पतालमा १४ जनालाई ल्याएर भर्ना गरिएको छ । उक्त गाउँका ३० जना बढी बिरामी […]

रामेछापमा २ सय ३४ जनामा डेङ्गु पुष्टि हुँदा ३ जनाले ज्यान गुमाए

रामेछापमा २ सय ३४ जनामा लामखुट्टेको टोकाइबाट सर्ने रोग डेङ्गु पुष्टि हुँदा ३ जनाले ज्यान गुमाएका छन । बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार साउनको दोस्रो सातादेखि हालसम्म रामेछामपा डेङ्गुबाट सङ्क्रमितको संख्या २ सय ३४ पुगेको हो । अहिलेसम्म ३ जनाले ज्यान गुमाएका हुन । बागमती प्रदेशमा ४२ हजार जनामा डेङ्गु पुष्टि बागमती प्रदेशमा हालसम्म डेङ्गु […]