रामेछाप मन्थलीमा कुकुरको आतंक,एकै दिन १४ जना घाइते

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा शनिवार विहान कुकुरले टोकेर १४ जना घाइते भएका छन् । रेबिज लागेको आशंका गरिएको कुकुरले टोकेर १४ जनालाई घाइते बनाएको हो । घाइते मध्ये ४ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने ९ जनाको मन्थली स्थित तामाकोसी अस्पताल, रामेछाप सामुदायिक अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । कुकुरले […]

नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १८३

नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेको छ । कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घन्टामा थप ८ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मृतकमा ५ जना महिला र ३ जना पुरुष रहेका छन् । आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार मृत्यु हुने […]

१४ दिनपछि कोरोना सङ्क्रमितलाई डिस्चार्ज गर्न कोभिड अस्पताललाई सरकारको पत्राचार

सरकारले देशभरीका कोभिड अस्पतालमा उपचाररत लक्षण नभएका र सामान्य लक्षण भएका कोरोना सङ्क्रमितलाई डिस्चार्ज गर्न पत्राचार गरेको छ । कोभिड अस्पतालमा रहेका लक्षण नभएका र सामान्य लक्षण भएका बिरामीको १० दिनमा पीसीआर परीक्षण गरी डिस्चार्ज गर्न स्वास्थ्य मन्त्रालयले पत्राचार गरेको हो । सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालय र देशभरीका कोभिड अस्पताललाई पत्राचार गरी १० दिनमा […]

लिखु तामाकोशी गाउंपालिकाका अध्यक्ष विरुद्ध जवरजस्ती करणीको मुद्धा दर्ता

रामेछापको लिखु तामाकोशी गाउंपालिकाका अध्यक्ष गोबिन्द वहादुर खड्का विरुद्ध फेरी जबरजस्ती करणी गरेको अभियोगमा जाहेरी दर्ता भएको छ । गाउंपालिकामा कार्यरत स्वास्थ्यकर्मी युवतिले अध्यक्ष खड्काले आफ्ु विरुद्ध करणी गरेको अभियोगमा जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक वशन्त पाठकले जानकारी दिुनभयो । प्रहरीले दुवैलाई स्वास्थ्य परिक्षण समेत गराई सकेको छ । […]

विश्वभर सङक्रमणमुक्त हुनेको सङख्या उत्साह जनक

विश्वभर कोरोना भाइरसको सङक्रमणमुक्त हुनेको सङख्या उत्साहजनक देखिएको छ । सङक्रमण भएका मध्ये आधाभन्दा बढी सङक्रमणमुक्त भइसकेका छन । अहिलेसम्म एक करोड ६६ लाख मानिस सङक्रमणमुक्त भएको विश्व स्वास्थ्य संगठनले जवनाएको छ । दुई करोड ४० लाख ४१ हजारमा सङक्रमण देखिएकोमा एक करोड ६५ लाख ९० हजार सङक्रमणमुक्त भएका छन । सबैभन्दा धेरै ५९ लाख […]

आज पनि सरकारले नेपालीका लागि उद्धार उडान गर्दै

सरकारले आज पनि विदेशमा रहेका नेपालीका लागि उद्धार उडान गर्ने भएको छ । आज माल्दिभ्स, कतार, कुवेतबाट उद्धार गरिनेछ । आज ५ सय यात्रु नेपाल ल्याइनेछ । नियमित उडान जापानबाट हुनेछ । मन्त्रालयले नियमित उडानतर्फ मलेसियाको मालिन्दो एयर तथा मलेसियन एयरलायन्स, टर्किको टर्किस एयरलायन्स, हङकङको क्याथे ड्रयागन, कोरियाको कोरियन एयर, चीनको चाइना साउर्दन, एयर चाइना, […]

उपत्यकामा भदौ १७ गते मध्यरातिसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस

उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जारी निषेधाज्ञा एक साता थप गरी भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउन सिफारिस गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी सहभागी बैठकले यस्तो सिफारिस गरेको हो । सिफारिसलाई तीनै जिल्लाका सुरक्षा समितिले पनि अनुमोदन गरेको काठमाण्डौका सहायक प्रमुुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी […]

आन्तरिक उडान सुरु गर्ने तयारी

नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सुरु गर्ने तयारी थालेको छ । पहिलो चरणमा आन्तरिक उडान भने काठमाडौंबाट हिमाली र पहाडी भेगका विमानस्थलमा मात्र हुने भएको छ । यसको लागि निजी क्षेत्रका वायुसेवा कम्पनीसँग छलफल थालिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । आज मन्त्रालयमा आयोजित वार्षिक प्रगति सार्वजनिक कार्यक्रममा मन्त्री योगेश […]

गएराती थप तीनजना कोरोना संक्रमितको मृत्यु

कोरोना सङ्क्रमण ( कोभिड १९) कारण मृत्यु हुने क्रम बढेको छ । गएराती थप तीनजनाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना, बिराटनगरमा एक जनार बाँकैमा अर्का एकजनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण ५४ बर्षका बर्षका पुरुषको गएराति पाटन अस्पतालका उपचारका क्रममा मृत्यु भएको छ । उहाँको गत साउन […]

सिन्धुपाल्चोकका बाढी पहिरोबाट विस्थापितलाई तत्काल स्थानान्तरण गरिने

सिन्धुपाल्चोकका बाढी र पहिरोबाट विस्थापितहरुलाई तत्काल अस्थाई बसोबासको व्यबस्था मिलाउँदै सुरक्षित स्थानमा स्थायी स्थानान्तरण गर्ने समझदारी बनेको छ । सभामुख अग्निप्रसाद सापकोटाको पहलमा सिंहदरबारमा भएको उच्चस्तरीय छलफलमा जोखिमयुक्त बस्तीहरुको प्राविधिक अध्ययन तथा पुनःसर्बेक्षण गर्ने, पहिरोबाट बेपत्ता भएकाहरुको खोजी जारी राख्दै थप राहत सामग्री उपलब्ध गराउने समझदारी भएको हो । हिजो भएको सहमति अनुसार राष्ट्रिय पुनर्निर्माण […]