कोरोना उपचारबाट पन्छियो सरकार, परीक्षण र उपचारको खर्च अब आफैले व्यहोर्नुपर्ने

सरकारले कोरोना महामारीको उपचार व्यक्ति आफैंले गर्नुपर्ने निर्णय गरेको छ । यो निर्णयपछि सरकारले अब विपन्न, अशक्तलगायतको मात्र परीक्षण र उपचार खर्च बेहोर्नेछ । ‘कोरोना परीक्षण र उपचार खर्च सरकारले नबेहोर्ने निर्णय आइतबार (हिजो) देखि नै लागू भएको हिजो नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराउनुभएको हो । संविधानको मौलिक हक र […]

रामेछाप प्रशासनद्धारा मन्दिर तथा शक्तिपिठहरुमा निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लामा मन्दिर तथा शक्तिपिठहरुमा नित्यपूजा बाहेक अन्य दर्शनका लागि रोक लगाइएको छ । प्रशासनले एक सूचना जारी गरि जिल्ला भित्रका सबै मन्दिर तथा शक्तिपिठहरुमा नित्यपूजा बाहेक अन्य दर्शन कार्य गर्न रोक लगाएको जनाएको छ । दशैंका बेलामा मन्दिर तथा शक्तिपिठहरुमा सर्वसाधारणहरुको अत्याधिक भिड हुने र यसले कोरोना भाइरस संक्रमणको जोखिमता झन […]

रामेछापमा कोरोना संक्रमित संख्या २८६ पुग्यो,दशैं मनाउन गाँउ फर्किनेले जोखिम बढाए

रामेछाप जिल्लामा पछिल्लो पटक कोरोना संक्रमण दिनानुदिन बढ्दै गएको छ । हालसम्म रामेछाप जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ४२ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय ४४ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको मन्थली नगरपालिकाका ६० जनामा कोरोना संक्रमण देखिँदा रामेछाप […]

विदेशी पर्यटकलाई आजदेखि नेपाल आउन खुला

सरकारले विदेशी पर्यटकलाई आजदेखि नेपाल आउन खुला गरेको छ । ७ महिना पछि सरकारले स्वास्थ्यका मापदण्डपालना गरेर पर्यटक आउन खुला गरेको हो । पर्यटकलाई पर्वतारोहण र ट्रेकिङका लागि भिसा खुलाइएको हो । नेपाल आउने पर्यटकले ७ दिन अनिवार्य रुपमा होटल क्वारेन्टिन बस्नुपर्नेछ । पर्यटकलाई पहिलो चरणमा हिमाल आरोहण र ट्रेकिङका लागि आउन दिइनेछ । उनीहरुलाई […]

उदयपुरमा गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु

सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका– १४ भदौरेमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका र उनीहरुको पनि अवस्था अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । भैरहवाबाट ओखलढुंगाका लागि छुटेको बा २० च ७१७१ नम्बरको गाडी गए राती दुर्घटनामा परेको प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्मादासले जानकारी दिनुभएको […]

देशमा थप ३१६७ जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घन्टामा थप तीन हजार १६७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले १५ हजार ४३८ जनामा गरिएको ‘पीसीआर’ परीक्षणमा सो संख्यामा संक्रमित थपिएका बताउनुभयो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख २९ हजार ३०४ पुगेको उहाँले जानकारी दिनुभयो । […]

साहारा साकोसले सम्पन्न गर्यो आफनो पन्ध्रौ साधारणसभा

रामेछाप सदरमुकाम मन्थली र रामेछाप नगरपालीकालाई कार्यक्षेत्र बनाउँदै आएको साहारा साकोसले विहिबार आफनो साधारण सभा सम्पन्न गरेको छ । कोरोना संक्रमणको बेला पनि साकोसले स्वास्थ सुरक्षा र सरकारी मापदण्डलाई पालना गर्दे आफनो साधारण सभा समयमानै सम्पन्न गरेको हो । कोरोना संक्रमणका कारण सेवा प्रवाहका क्रममा लामो समयदेखि समस्या र अभाब ब्यहोर्दे आएको साहारा साकोस संचालक […]

दशैँलाई लक्षित गर्दै घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

दशैँलाई लक्षित गर्दै रामेछाप नगरपालिका वडा नम्बर ८ ले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । लामो समयको लकडाउन र अहिले दशैँलाई लक्षित गर्दै घरघरमा पुगेर समाजिक स्ुरक्षा भक्त वितरण गरिएको वडाअध्यक्ष केदार कार्कीले बताउनुभयो । दशैँको चहलपहल सुरु भईसकेको अवस्थामा सामाजिक सुरक्षा भत्ता पाउन योग्य नागरीकहरुलाई चाडपर्व मनाउन सहयोग पुगोस भन्ने उद्धेश्यका […]

पछिल्लो २४ घण्टामा ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । योसँगै जम्मा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा १६ हजार ५९८ जनाको […]

रामेछापमा कोरोना संक्रमितको संख्या २७० पुग्यो, २५ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या २७० पुगेको छ । रामेछाप जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ४१ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय २९ जनामा गरी २ सय ७० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा आजसम्म […]