उखुको प्रतिक्वीन्टल न्यूनतम् समर्थन मूल्य ५ सय ४४ रुपैयाँ ३३ पैसा

उखुको प्रतिक्वीन्टल न्यूनतम् समर्थन मूल्य ५ सय ४४ रुपैयाँ ३३ पैसा

सरकारले उखुको प्रतिक्वीन्टल न्यूनतम् समर्थन मूल्य ५ सय ४४ रुपैयाँ ३३ पैसा तोकेको छ ।गतबिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्यतोकेको उद्योग, वाणिज्य तथाआपूर्ति मन्त्रालयले जानकारी दिएको छ । उखुको नयाँ समर्थन मूल्य यसअघिको भन्दा ८ रुपैयाँ प्रतिक्वीन्टलले बढी भएको मन्त्रालयले जनाएको छ ।लागत, ढुवानी र मुनाफा जाडेर कृषितथा पशुपन्छी विकास मन्त्रालयले गरेको सिफारिसमन्त्रिपरिषदमा पेश गरिएको थियो । नयाँमूल्यमालागत ३ सय ८६ रुपैयाँ १६ पैसा, ढुवानी खर्च तथामुनाफा ९२ रुपैयाँ ८९ पैसा र सरकारले दिने प्रतिक्वीन्टल अनुदान ६५ रुपैयाँ २८ पैसा रहेको मन्त्रालयकाउपसचिवएवं सहप्रवक्ताउर्मिला केसीले बताउनुभयो । सरकारले तोकेको उखुको मूल्यप्रतिभने नेपालउखु उत्पादकमहासंघले आपत्तिजनाएको छ । चिनीको मूल्य एक किलोमा ३२ रुपैयाँले बढ्दा उखुको मूल्यभने निकै कममात्रामा बढाउनु किसानलाई खेतीबाट विस्थापितगर्ने चालभएको महासंघका अध्यक्ष कपिलमणि मैनालीले आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार