सातौँ रास्ट्रपति रनिङ शिल्डको उपाधी गौरीशंकर माविले जित्यो

“स्वास्थ्यका लागी खेलकुद,राष्टका लागी खेलकुद”भन्ने मुल नाराका साथ रामेछापको रामेछाप नगरपालिकामा शुक्रबारदेखि सुरु भएको सातौँ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता श्री गौरीशंकर माध्यमिक विद्यालयले जितेको छ । नगर भित्रका १३ वटा माध्यमिक विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा श्री गौरीशंकर माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ । गौरीशंकर माध्यमिक विद्यालयले विभिन्न खेलमा २७ स्वर्ण, २३ रजत र […]

रामेछाप नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

“स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको रामेछाप नगरपालिकामा सातौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार (आज)देखी सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख चिना खड्काले प्रतियोगिताको उद्धघाटन गर्नुभयो । प्रतियोगिताको उद्धघाटन गर्दै प्रमुख अतिथि खड्काले खेल र खेलाडीको हौसलासँगै विद्यार्थीहरुमा प्रतिस्पर्धाको भावना जागृत गराउनमा यो प्रतियोगिताले धेरै सहयोग […]

रामेछाप नगरपालिकाको खेलकुद विकास समितिको संयोजकमा केदार कार्की

रामेछाप नगरपालिकाको खेलकुद विकास समितिको संयोजकमा केदार कार्की नियुक्त हुनुभएको छ । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले कार्कीलाई नगर खेलकुद विकास समितिको संयोजकमा मनोनित गर्नुभएको हो । नगर प्रमुखस्तरीय निर्णयबाट कार्कीलाई नगर खेलकुद संयोजकको जिम्मेवारी दिने निर्णय भएको हो । नगर प्रमुख न्यौपानेले कार्कीलाई नियुत्ति पत्र हस्तान्तरण गर्दै सुस्ताएको खेलकुदको गतिविधिलाई चलायमान बनाउन सबैसँग समन्वय […]

रामेछापको सुनापति गाउँपालिकामा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु 

रामेछापको सुनापति गाउँपालिकामा शनिबार (आज)देखी छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । उक्त प्रतियोगिताको उद्धघाटन गाउँपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङले गर्नुभयो । पालिकाभरीका ८ वटा माध्यमिक विद्यालयहरुले प्रतियोगितामा सहभागीता जनाएका छन । प्रतियोगिता ३ दिनसम्म संचालन हुनेछ । प्रतियोगितामा भलिबल,कबड्डी,सर्टफुट,दौड,ज्याबलिङ थ्रो लगायतका विभिन्न खेलहरु खेलाईने छ ।  

पाँचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि चण्डेश्वरी माविलेले जित्यो

रामेछापको उमाकुण्ड गाउँपालिकामा भएको पाँचौँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि चण्डेश्वरी माविले जितेको छ । वडा नं. ४ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयले लगातार तेस्रो पटक उपाधि उचाल्न सफल भएको हो । बुधवारदेखी पालिकाको वडा नं २ बाम्तिभण्डार स्थित शिद्देश्वर माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगितामा भलिबल, कबड्डी र एथलेटिक्स गरी ३० वटा इभेन्टमा […]

रामेछापको उमाकुण्ड गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

रामेछापको उमाकुण्ड गाउँपालिकामा बुधबार (आज)देखी पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिताको उद्धघाटन गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले गर्नुभयो । पालिकाभरीका ७ वटा माध्यमिक विद्यालयहरुले प्रतियोगितामा सहभागीता जनाएका छन । गाउँपालिकाको वडा नं. २ बाम्ती भण्डार स्थित सिद्देश्वर मावीको खेल मैदानमा प्रतियोगिता संचालन भैरहेको छ । प्रतियोगिता ३ दिनसम्म संचालन हुनेछ […]

रामेछापको सुनापति गाउँपालिकामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

“स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछापको सुनापति गाउँपालिकामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । यहि मंसिर १५,१६ र १७ गते ३ दिन प्रतियोगिता संचालन हुने गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा भलिबल,कबड्डी,एथलेटिक्स लगायतका खेलहरु खेलाईनेछ । प्रतियोेगितामा ५ वटै वडाका माध्यमिक विद्यालयका खेलाडीहरुले सहभागीता जनाउनेछन ।

रामेछापको उमाकुण्ड गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

रामेछापको उमाकुण्ड गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । यहि मंसिर १२, १३ र १४ गते ३ दिन प्रतियोगिता संचालन हने गाउँपालिकाले जानकारी दिएको छ । पर्यटकीय तथा सुन्दरभूमि गाउँपालिकाको वडा नं २ बाम्ती भण्डार स्थित श्री सिद्वेश्वर माध्यमिक विद्यालयको खेलमैदानमा गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो । […]

नमुनादीप कप’ भलिबलको उपाधि लिखु तामाकोशी गाउँपालिकालाई

‘नमुनादीप कप’ को उपाधि लिखु तामाकोशी गाउँपालिका रामेछापले उचालेको छ । बुधबार अरुणोदय मावि सैपुमा लिखु गाउँपालिका ‘ए’ ओखलढुंगालाई ३–१ को सेटमा पराजित गर्दै लिखु तामाकोशीले ‘नमुनादीप कप’को उपाधि हात पारेको हो । पहिलो सेट १९–२५ अंकमा हारेको लिखु तामाकोशीले लगातार २५–२१ ,२५–२१,२५–२२ ल्याउँदै विजयी भएको आयोजक नमुनादीप युवा क्लबका अध्यक्ष राजन बस्नेतले जानकारी दिनुभयो […]

खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजक शैले शिखरले जित्यो

तिहारको अवसरमा आयोजना गरिएको खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजक शैले शिखर युवा क्लबले जितेको छ । रामेछाप नगरपालिका वडा नं ८ टुँडिखेलमा खुल्ला पुरुष फुटबल प्रतियोगिता सम्पन्न भएको हो । (आज) मंगलबार भएको खेलमा आयोजक शैले शिखर युवा क्लबले नगद ५० हजार सहित ट्रफी उचालेको हो । शैले शिखर युवा क्लबले हिमगंगा फुटबल क्लबलाई […]