चालु आ.व.को हालसम्म मन्थली नगरपालिकाको वित्तीय प्रगति २७.९९ प्रतिशत

रामेछापको मन्थली नगरपालिकाको १६ औं नगरसभा (शुक्रबार) आज सम्पन्न भएको छ । मन्थली नगरपालिकाले चालु आर्थिक वर्षको झन्डै ६ महिनाको अवधिमा २७.९९ प्रतिशत वित्तीय प्रगति गरेको नगर प्रमुख लव श्रेष्ठले जानकारी दिनुभयो । उहाँले नगरसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै यो अवधिमा पुँजीगत खर्च ९ प्रतिशत मात्रै भएको बताउनुभयो । चालु आर्थिक वर्षका लागि नगरपालिकाको एक […]

रामेछाप अस्पतालको सामाजिक परीक्षण सम्पन्न

रामेछाप अस्पताल रामेछापले आफ्नो सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालले आफ्नै सभा हलमा सामाजिक परीक्षण कार्यक्रम गरेको हो । आर्थिक वर्ष २०८०/८१ को सामाजिक परीक्षण कार्यक्रम गरिएको हो । सेवा प्रदायक निकाय वा संस्थाको नीति, नियम, कार्यक्रम कार्यान्वयन, व्यवहार, स्रोत परिचालन, अनियमितता,पारदर्शिता र प्रभावकारिताबारे सम्बन्धित सेवाग्राही, सेवाप्रदायक/व्यवस्थापकीय पक्ष तथा सरोकारवालाहरुको धारणाका आधारमा गरिने […]

रामेछापको गोकुलगंगा गाउँपालिकाको गाउँ सभा तथा १६ औँ अधिवेशन सम्पन्न

रामेछापको गोकुुलगा गाउँपालिकाको गाउँ सभा तथा १६ औ अधिवेशन बुधबार (आज) सम्पन्न भएको छ । गाउँपालिकाको सभा हलमा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले चालु आर्थिक वर्षको हालसम्म भएको कामहरुको प्रगती बारेमा जानकारी गराउनुभयो । उहाँले चालु आ/वको पाँच महिनामा भएको कामहरुको बारेमा गाउँ सभामा जानकारी गराउनुभयो । चालु आ/वको कुल विनियोजित रकम रु […]

पहिलो चौमासिकमा मन्थली नगरपालिकाको खर्च २० प्रतिशत मात्रै

रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्षको हालसम्म जम्मा बजेटको २० प्रतिशत मात्रै रकम खर्च गरेको छ । शुक्रबार (आज) मन्थली नगरपालिकाको आयोजनामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले सो कुरा बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत सापकोटाले चालु आर्थिक वर्षको साउनदेखि मंसिर महिनासम्म भएको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । नगरपालिकाले जम्मा बजेट […]

जुनेली बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा सम्पन्न

जुनेली बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा बुधबार(आज) सम्पन्न भएको छ । रामेछाप नगरपालिका ८ रामेछाप बजारमा कार्यालय रहेको संस्थाको कार्यक्षत्र रामेछाप नगरपालिकाको वडा नं ६,७,८,९ र मन्थली नगरपालिकाको वडा नं ४ र ६ हो । “सुनिश्चित भविष्यको लागी आम्दानीको केही अंश बचत गर्ने बानी बसालौँ” भन्ने मूल नाराका साथ २०६४ […]

महाकाली आधारभूत विद्यालयलाई मौरी पालनको लागी घार वितरण

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ मुडाजोरमा रहेको महाकाली आधारभूत विद्यालयलाई वडाले मौरी पालनको लागी घार वितरण गरेको छ । मौरी पालनको लागी राम्रो हावापानी र उचित वातावरण रहेको मुडाजोरलाई मौरी पकेट क्षेत्र विकास गर्नको लागी विद्यालयलाई मौरी घार वितरण गरिएको हो । एउटा मौरी सहितको गरी १० वटा घार विद्यालयलाई वितरण गरिएको वडाअध्यक्ष […]

पहिलो चौमासिकमा रामेछाप नगरपालिकाको खर्च १५.६१ प्रतिशत मात्रै

रामेछापको रामेछाप नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक अवद्यिमा जम्मा बजेटको १५.६१ प्रतिशत मात्रै रकम खर्च गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्म जम्मा बजेट ७६ करोड ८८ लाख ६९ हजार ५ सय ५१ रहेकोमा १२ करोड ३४ हजार ३ सय ३१ रुपैयाँ अर्थात १५.३८ प्रतिशत मात्रै रकम खर्च गरेको […]

रामेछाप उमाकुण्डको बाम्तिभण्डारमा बजार अनुगमन

रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं.२ को मुख्य बजार रत्नज्योती बजारमा अनुगन गरिएको छ । उद्योग तथा वाणिज्य कार्यालय रामेछापका कार्यालय प्रमुख प्रमोद सिंखडाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय रामेछापका प्रतिनिधि,उमाकुण्ड गाउँपालिका कार्यालय प्रितीका प्रमुख प्रशासकीय अधिकृत अभिनय अधिकारी उमाकुण्ड २ नं वडाका वडा अध्यक्ष खम्बध्वज बस्नेत, प्रहरी चौकी बाम्तिभण्डारका प्रमुख एवम् अन्य पदाधिकारीको उपस्थितिमा बिहिवार अनुगमन […]

आधुनिक कृषि सहकारीको १४ औ वार्षिक साधारण सभा सम्पन्न

आधुनिक कृषि सहकारी संस्था लिमिटेड रामेछाप मन्थलीकोे १४ औ वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । सदरमुकाम मन्थली स्थित जिल्ला समन्वय समितिको सभा हलमा एक औपचारीक कार्यक्रमको आयोजना गरि संस्थाले वार्षिक साधारण सभा सम्पन्न गरेको हो । उक्त सहकारीको साधारण सभाको उद्घाटन जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चीना कार्की खड्काले गर्नु भएको थियो । […]

रामेछापको मन्थली नगरपालिकाले मनायो १० औँ स्थापना दिवस

रामेछापको मन्थली नगरपालिकाले १० औँ स्थापना दिवस मनाएको छ । सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ(कान्छाराम) को प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजनागरी दिवस मनाइएको हो । उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी (कान्छाराम) ले स्थानिय सरकार वा राज्यको कुनै पनि सँयन्त्रलाई मन्त्री हुनुवित्तिकै मागे जति बजेटको व्यवस्था हुन्छ भन्ने मानसिकता बाट मुक्त […]