रामेछापको गोकुलगंगामा गरिबी हटाउन तालिम तथा औजारहरु वितरण

रामेछापको गोकुलगंगा गाउँपालिकाले गरिबी हटाउन तालिम तथा औजारहरु वितरण गरेको छ । गाउँपालिकामा गरिब लक्षित कार्यक्रम अन्तरगत व्यावसायिक कृषि गर्न पशुपालनको तालिम दिने देखि कृषि औजार बनाउने अत्याधुनिक इलेकट्रोनिक उपकरण सम्मका सामाग्री गाउँ–गाउँमा पुगेका छन् । गाउँपालिका भित्र रहेका आर्थिक रूपले विपन्न, अल्पसङ्ख्यक, दलित, सीमान्तकृत तथा पछाडि परेका समुदायलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रमबाट व्यावसायिक […]

राशी कार्कीको अध्यक्षतामा सुकाजोर महिला संजाल गठन

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा महिला संजाल गठन गरिएको छ । राशी कार्की(सीता)को अध्यक्षतामा संजाल गठन गरिएको हो । शनिबार(आज) वडासदस्यहरु रन्जिता कार्की र लक्ष्मी नेपाली सहितको वडाका महिलाहरुको भेलाले संजाल गठन गरिएको हो । महिला संजालको अध्यक्षमा राशी कार्की(सीता),उपाध्यक्षमा ज्ञानुकादेवी कार्की,सचीवमा मन्दिरा नेपाली,सहसचिवमा सुभत्रा भुजेल,कोषाध्यक्षमा गंगा बस्नेत र सदस्यहरुमा लिला थापा मगर,धनमाया […]

रामेछाप ‘मोडेल सिजन–४’ बनिन् सिता र ‘लिटिल मोडेल सिजन–३’ बने योआना

रामेछाप ‘मोडेल सिजन–४’ को ताज मन्थली नगरपालिका वडा नं २ टेकानपुरकी सिता कार्कीले जितेकी छन् । सिजन ४ को विजेता बनेकी कार्कीले क्राउन,ट्रफि, प्रमाणपत्र, गिफ्ट ह्याम्पर र नगद ७ हजार रुपैयाँ प्राप्त गरेकी छन् । त्यस्तै ‘‘लिटिल मोडेल सिजन–३’ मा योआना तामाङ विजेता बनेकी छिन् । उपाधि जितेकी तामाङले ‘लिटिल क्राउन’ ट्रफि, प्रमाणपत्र, गिफ्ट ह्याम्पर […]

अधिकार प्रयोग गर्न नपाएको रामेछापका अपाङ्गता भएकाहरूको गुनासो

कानुनमा भएको व्यवस्था अनुसार अधिकार प्रयोग गर्न नपाएको रामेछापका अपाङ्गता भएकाहरूले गुनासो गरेका छन् । समावेशी सिद्धान्त कार्यान्वयनको सन्दर्भमा होस् वा दिगो विकासका लक्ष कार्यान्वयनमा,अपाङ्गता भएका व्यक्तिको अधिकार र सुविधाका लागि विशेष प्राथमिकता दिनुपर्ने भनिएको छ । तर नयाँ संविधान कार्यान्वयनमा गएको ८ वर्ष बित्दा पनि अपाङ्गता भएका व्यत्तिहरु अधिकारका लागि लडिरहेका छन् । संविधानमा […]

समाजसेवी प्रदिप घिमिरेको सहयोगमा सडक पेटीमा बस्दै आएका एक पुरुषले देखे आँखा

विगत लामो समयदेखी स्वयम्भुको सडक पेटीमा बस्दै आएका नुर्बु तामाङका दुबै आखाँमा मोतियाबिन्दु भएको थियो । समाजसेवी ओम श्रेष्ठ र प्रदिप घिमिरेको सहयोगमा नुर्वु तामाङको देब्रे आँखाको मोतियाविन्दुको अप्रेशन सफल भएको छ । नुर्वुको अवस्थाबारे तिलगंगा आँखा प्रतिष्ठान प्रशासन समक्ष समाजसेवी प्रदिपले जानकारी गराएपछि तिलगंगा आँखा प्रतिष्ठानले उनको निःशुल्क अप्रेशन गराएको छ । केही समय […]

डिभिजन बन कार्यालयको कार्यक्रम के छ ? कार्यालयका प्रमुख ओमसागर भण्डारीसँगको अन्तरबार्ता

डिभिजन वन कार्यालय रामेछापका प्रमुख ओमसागर भण्डारीसँग गरिएको कुराकानीको सम्पादीत अंश :  डिभिजन बन कार्यालयको कार्यक्रम के छ ? डिभिजन वन कार्यालयले प्रदान गर्ने प्रमुख सेवाहरुमा सामुदायिक वन क्षेत्रमा प्राविधिक सहयोग गर्ने, गरिबीको रेखामुनी रहेका परिवारका लागि कबुलियती वन क्षेत्रमा आयआर्जनसँग सम्बन्धित प्रविधि हस्तान्तरण गर्ने, उनीहरूलाई सहजीकरण गराउने, राष्ट्रिय वन क्षेत्र संरक्षण गर्ने जस्ता कामहरू […]

रामेछापका सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव

देशका धेरै सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दो छ । सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यार्थी सङ्ख्या बढाउन थुप्रै योजना बनाएर करोडौँ रुपैयाँ लगानी गरे पनि सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव झन्झन् समस्याको विषय बन्दै गएको छ । रामेछापका अधिकांश आधारभूत सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव छ । जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सिम्लेमा रहेको […]

यो वर्ष रामेछापमा १८ प्रतिशत खेतमा मात्रै धान रोपाइँ सम्पन्न

यो वर्ष रामेछाप जिल्लामा १८ प्रतिशत खेतमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ । असार महिनाको १५ गते बितिसक्दा रामेछाप जिल्लामा १८ प्रतिशत खेतमा मात्रै धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र रामेछापका सूचना अधिकारी शर्मिला फुयाँले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको गोकुलगङ्गा, उमाकुण्ड, र दोरम्बा शैलुङ गाउँपालिका लगायतका क्षेत्रका गरी जम्मा १८ प्रतिशत […]

सुनापती गाउँपालिकाले ल्यायो ५४ करोड ७८ लाख ५५ हजारको बजेट

रामेछापको सुनापती गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ५४ करोड ७८ लाख ५५ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष गिता विष्टले गाउँसभामा बजेट प्रस्तुत गर्नुभएको हो । गाउँपालिकाले निती तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषि र सडकलाई मुख्य प्राथमिकता दिइएको छ । गाउँपालिकाले यो पटक पनि धेरै पुरानै निती तथा कार्यक्रमलाई निरन्तरता दिएको हो । गाउँसभाले […]

दोरम्बा शैलुङ गाउँपालिकाले ल्यायो ५६ करोड ६४ लाखको बजेट

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ५६ करोड ६४ लाख ५१ हजार ४ सय ६८ रुपैयाँको बजेट ल्याएको छ । र्आइतबार गाउँपालिकाको १३ औं गाउँसभामा उपाध्यक्ष खमला थापा मगरले आर्थिक वर्ष २०८०/०८१ को लागि ५६ करोड ६४ लाख ५१ हजार ४ सय ६८ रुपैयाँको बजेट प्रस्तुत गर्नुभयो । पालिकाको अघिल्लो वर्षको […]