यस्तो छ खाँडादेवी गाउँपालिकाको नीति तथा कार्यक्रम

रामेछापको खाँडादेवी गाउँपालिकाको १३ औँ गाउँ सभाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र आर्थिक ऐन २०८० पारित गरेको छ । शनिवार गाउँ अधिवेशनमा गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । यसैगरी आर्थिक ऐन २०८० पनि सभाले स्वीकृत गरेको छ । अधिवेशनमा गाउँपालिका उपाध्यक्ष रमा घिसिङले […]

उमाकुण्ड गाउँपालिकाले ल्यायो ६० करोड ५८ लाख ६३ हजारको बजेट

रामेछापको उमाकुण्ड गाउँपालिकाले पनि पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरूलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको लागि ६० करोड बढी बजेट ल्याएको छ । गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले शुक्रबार गाउँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०/८१ को लागि कूल ६० करोड ५८ लाख ६३ हजार १०० रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो । ७ वटा पालिका […]

यस्तो छ मन्थली नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट

रामेछापको मन्थली नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आइतबार नगरपालिकाले १३ औं अधिवेशनमा नगर प्रमुख लब श्रेष्ठले नीति तथा कार्यक्रम र उपप्रमुख ईश्वरी बस्नेतले बजेट प्रस्तुत गर्नु भएको हो । नगरप्रमुख श्रेष्ठले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नगरपालिका र अन्तर्गतका कार्यालयहरूको कामलाई पूर्वाधार, उपकरण र प्रविधि मैत्री […]

रामेछाप नगरपालिकाले ल्यायो ७३ करोड ५८ लाखको बजेट

रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ७३ करोड ५८ लाख ७३ हजार ६ सय ९७ रुपैयाँ ६६ पैसाको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाका उपाध्यक्ष बाल कुमारी कार्कीले नगरसभामा बजेट प्रस्तुत गर्नुभएको हो । रामेछाप नगरपालिकाको संघ, प्रदेशबाट प्राप्त हुने समानीकरण अनुदान, शशर्त अनुदान, विशेष अनुदान पुँजीगत, वित्तिय समानीकरण अनुदान, शशर्त अनुदान चालु, राजश्व […]

लिखु तामाकोसी गाउँपालिकाले ल्यायो ५८ करोड ५० लाखको बजेट

रामेछापको लिखु तामाकोसी गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार गाउँपालिकाले ११ औं अधिवेशनमा गाउँपालिका अध्यक्ष केशव महतले नीति तथा कार्यक्रम र २०८०/८१ को लागी बजेट प्रस्तुत गर्नु भएको हो । अध्यक्ष महतले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गाउँपालिकामा कृषि पेशालाई व्यवसायिक र यान्त्रिकरणको गर्दै एक वडा एक उत्पादनको […]

रामेछापमा १३२ केभीको सबस्टेसन सञ्चालनमा,विद्युत् आपूर्तिमा सुधार हुने

रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ साँखे (फुलासी)स्थित नयाँ खिम्ती सबस्टेसनमा निर्माण गरिएको १३२/३३/११ किलोभोल्ट (केभी) सबस्टेसन पूर्वाधार सञ्चालनमा आएको छ । रामेछाप (गर्ज्याङ)–नयाँ खिम्ती १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको सबस्टेसन बिहीबारबाट सञ्चालनमा ल्याइएको हो । सबस्टेसनमा ३० एमभिए क्षमताका २ वटा र ३३/११ केभी, ६/८ एभिए क्षमताको १ वटा […]

रामेछाप गोठगाउँको चण्डेश्वरी माविले शुल्क लिएर रसिद नदिएको विद्यार्थीको गुनासो

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर १ गोठगाउँको गोठपानीस्थित चण्डेश्वरी माध्यामिक विद्यालयले मनपरी गर्दै विद्यार्थीबाट शुल्क लिएर रसिद नदिने गरेको पाइएको हो । विद्यालयले विद्यार्थीबाट विभिन्न शुल्क लिए पनि रसिद नदिने गरेको विद्यार्थी रविन थापाले बताए । शुल्क बुझाएको रसिद माग्दा उल्टै विद्यालयका शिक्षकले ‘रसिद दिन मिल्दैन’ भन्दै थर्काउने गरेको उनको आरोप छ । ‘विद्यालयले […]

रामेछापमा लम्फी स्किन रोगको सङ्क्रमण फैलियो,६ हजार बढी पशु सङ्क्रमित

रामेछाप जिल्लामा पशुमा लाग्ने लम्फी स्किन रोगको सङ्क्रमण फैलिएको छ । भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र सम्पर्क कार्यालय रामेछापको तथ्याङ्क अनुसार सङ्क्रामक रोग लम्पी स्किन रोगबाट रामेछाप जिल्लाको सबै पालिकामा फैलिएको छ । रामेछाप जिल्ला भित्रका ८ वटा पालिकामा लम्फी स्किन रोगबाट ६ हजार सात सय ३८ पशु सङ्क्रमित भएका छन् । हाल सम्म […]

रामेछापमा बजार अनुगमनको नाममा प्रशासनको आतंक

रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेको नेतृत्वमा रहेको बजार अनुगमन समितिले पछिल्लो पटक यही जेठ २४ गते बजार अनुगमन ग¥यो । समय–समयमा अनुगमन भइरहे पनि यस पटक भने सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समितिका संयोजक अनोजकुमार घिमिरेले व्यवसायीप्रति प्रतिशोध राखी अनुगमनका क्रममा व्यवसायीलाई अनावश्यक दुःख दिएको व्यवसायीहरुको गुनासो छ । अनुगमन टोलीले व्यवसायीलाई […]

रामेछापको खाँडादेवी-६ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछापको खाँडादेवी गाउँपालिका-६ माकादुममा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई सम्पन्नपारदर्शिता र जवाफदेहिता सहितको सवाल जवाफका लागि सार्वजनिक सुनुवाई गरेको छ । आर्थिक वर्ष २०७९/०८० को सुरुदेखि बैशाख मसान्त सम्ममा सञ्चालन भएका वडा भित्रका विकास निर्माण र सेवा प्रवाहका बारेमा कार्यक्रममा सहभागिहरुले मुक्तकण्ठले प्रशंसा गरेका थिए । पालिकाले आफ्नो वडामा बजेट दिन […]