अशक्त, असहाय र ज्येष्ठ नागरिकलाई बैङ्क खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न रामेछाप प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लास्थित सबै बैङ्क तथा शाखाहरूलाई अशक्त, असहाय र ज्येष्ठ नागरिकको बैङ्क खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य नगरी सहजता गर्न निर्देशन दिएको छ । प्रशासनले जारी गरेको निर्देशनपत्रमा सामाजिक सुरक्षा भत्ता प्रयोजनका लागि खाता खोल्न आउने सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र नभएको आधारमा सेवा अस्वीकार गरेको गुनासो आएको उल्लेख छ । नेपाल राष्ट्र बैङ्कको […]

रामेछापको पुछिघाटमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु,सहचालक घाईते

मध्यपहाडी लोकमार्ग स्थित रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ४ पुछिघाटमा ट्याक्टर दुर्घटना भएको छ । शनिबार दिउँसो बेनीबाट सित्खातर्फ जाँदै गरेको ना ६ त ९५९१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाईते भएका छन । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटनामा चालक २५ वर्षका दिनेश माझिको घटनास्थलमै मृत्यु भएको हो । […]

रामेछापमा सवारी दुर्घटना:श्रीमतीको मृत्यु,श्रीमान घाइते

रामेछापमा सवारी दुर्घटनामा परी श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित बोक्से पहरामा स्कारपियो गाडी दुर्घटना भएको हो । आइतबार बिहान सदरमुकाम मन्थलीबाट हेटौँडा जाँदै गरेको बा १३ च ३९३५ नम्बरको स्कारपियो गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा मन्थली नगरपालिका–१ की अन्दाजी ४० वर्षीया राधा कार्की चौहानको घटनास्थलमै […]

लिखुतामाकोशी गाउँपालिकामा एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा सम्बन्धी कार्यशाला

रामेछापको लिखुतामाको गाउँपालिकामा सञ्‍चालित “एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा सम्बन्धी दुई दिने कार्यशाला” सम्पन्न भएको छ । चाइल्ड नेटवर्क फाउण्डेशनको आर्थिक तथा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको प्राविधिक सहयोगमा लिखुतामाकोशी गाउँपालिकाको आयोजनामा २२ गतेदेखि शुरु भएको कार्यशाला शुक्रबार सम्पन्‍न भएको हो । लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतको अध्यक्षतामा “गर्दै गरौँ लगानी बाटो, कुलो, पुल, […]

मन्थलीमा एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा सम्बन्धी दुई दिने कार्यशाला

रामेछापको मन्थली नगरपालिकामा सञ्‍चालित “एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा सम्बन्धी दुई दिने कार्यशाला” सम्पन्न भएको हो । चाइल्ड नेटवर्क फाउण्डेशनको आर्थिक तथा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको प्राविधिक सहयोगमा मन्थली नगरपालिकाको आयोजनामा २० गतेदेखि शुरु भएको कार्यशाला बुधबार सम्पन्‍न भएको हो । मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठको अध्यक्षतामा “गर्दै गरौँ लगानी बाटो, कुलो, […]

रामेछापमा मनाईयो विश्व स्तनपान सप्ताह

रामेछापमा विश्व स्तनपान सप्ताह मनाइएको छ । बुधबार(आज) जनस्वास्थ्य कार्यालय रामेछापको आयोजना तथा रामेछाप अस्पताल, रामेछाप नगरपालिका र आयुर्वेद तथा बैकल्पिक चिकित्सालय मन्थली रामेछापको समन्वयमा सप्ताह मनाइएको हो । “स्तनपानलाई प्राथामिकता दिऔः सहयोगि वातावरण निर्माण गरौँ” भन्ने मुल नाराका साथ विश्व स्तनपान सप्ताह मनाईएको जनस्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको हो । स्तनपान गराइरहेका महिलाहरुलाई स्तनपानको […]

रामेछाप देउरालीमा चितुवाले बाख्रा मा¥यो

रामेछापको रामेछाप नगरपालिका वडा नं २ मा चितुवाले ४ वटा बाख्रा मारको छ । सोमबार राति स्थानिय केशर बहादुर बलमपाखिले पालेको ४ वटा बाख्रा चितुवाले मारेको हो । ३ वटा बाख्रा मारेर खोरमा छोडेको र एउटा भने चितुवाले लगेको वडा नं २ का वडाअध्यक्ष निर बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

रामेछाप नगरपालिकामा प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला

रामेछापको रामेछाप नगरपालिकामा दुई दिने “एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला” सम्पन्न भएको छ । साउन १८ र १९ गते २ दिन चलेको कार्यशाला रामेछाप नगरपालिकाको अयोजना तथा चाइल्ड नेटवर्क फाउण्डेशन र सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको सहकार्य तथा सहजीकरणमा भएको हो । “गर्दै गरौ लगानी बाटो, कुलो, पुल, भवन र मन्दीरमा, थप […]

रामेछापमा ‘मोडल अफ सिजन–६’ र ‘लिटल मोडल सिजन–५’ हुँदै

रामेछापमा ‘मोडल अफ रामेछाप’ सिजन–६ र ‘लिटल मोडल अफ रामेछाप’ सिजन–५ सञ्चालन हुने भएको छ । यसका लागी तयारी तिव्र रुपमा भैरहेको आयोजक किङस्टार क्रिएशन प्रालिले शनिवार मन्थलीमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिएको हो । कार्यक्रमका लागि श्रावण १६ गतेदेखि आवेदन खुला भइसकेको छ । अडिसन श्रावण २३ गते, प्रशिक्षण सत्र श्रावण २४ गतेदेखि […]

रामेछापका एकजना शिक्षकले पनि त्यागेनन् राजनीतिक दलसँगको आबद्धता

रामेछापका शिक्षकले राजनीतिक दलको सदस्यता त्यागेका छैनन् । शिक्षा ऐन २०७३ ले रोजगारीका सर्तमा दलीय सदस्यता लिन नपाउने व्यवस्था अनुरूप तत्काल पार्टीको सदस्यता त्याग्न शिक्षा मन्त्रालयले विशेष निर्देशन दिएसँगै देशभर दलसँगको आबद्धता शिक्षकहरूले त्यागेको भए पनि रामेछापका कुनै शिक्षकले सदस्यता नत्यागेका हुन् । शिक्षा विकास तथा समन्वय इकाई रामेछापका सूचना अधिकारी रामकृष्ण ढुंगेलका अनुसार हालसम्म […]