रामेछापमा चिकित्सकको सिफारिसबिना नै औषधि बिक्री

रामेछापमा चिकित्सकको सिफारिसबिना नै औषधि बिक्री हुने गरेको पाइएको छ । स्थानीय सरकारले पालिकाभित्र सञ्चालन भएका मेडिकल तथा स्वास्थ्यसंस्थाको बारेमा अनुगमन, नियमन गर्ने अधिकार भए पनि हुन सकेको छैन । रामेछाप धोवीका श्रीराज महत मन्थलीको एक मडिकलमा औषधि किन्न जानुभयो । उहाँले आफुलाई स्वास्थ्यमा देखा परेको लक्षण मेडिकल संचालकलाई बताएपछि सोही आधारमा उसले औषधि दियो […]

रामेछापको ढिपिडाँडामा घाँस काट्न गएका वृद्ध मृत भेटिए

रामेछापको रामेछाप नगरपालिका -७ ढिपिडाँडामा एक वृद्ध मृत अवस्थामा फेला परेका छ्न । आइतबार(आज) बिहान घरबाट नजिकै रहेको खरपाखामा घाँस काट्न गएका ६९ वर्षका नीर बहादुर खड्का मृत अवस्थामा भेटिएका हुन । घाँस काट्दा काट्दै एक्कासि वृद्धको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । मृतक खड्काको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल रामेछापमा राखिएको प्रहरी […]

१४ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बाबियाखर्कका एक पुरुष पक्राउ

एक १४ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा रामेछाप बाबियाखर्कका एक पुरुष पक्राउ परेका छन । रामेछाप नगरपालिका –८ बाबियाखर्कका ३७ वर्षका भुपेन्द्र भुजेललाई प्रहरीले पक्राउ गरेको हो । यहि साउन २५ गते दिउँसो १ बजेको समयमा भुजेलले गाउँकै १४ वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको रामेछाप प्रहरीले जनाएको छ । बालिकामाथि जबरजस्ती करणी भएको खबर […]

अधिवक्ता पाण्डे विरुद्ध रामेछापमा पनि विरोध प्रदर्शन

अधिवक्ता भगवती पाण्डेले सिङ्गो तामाङ, मगर लगाएत जनजाती समुदायको प्रथाजनित अभ्यासप्रति गलत ढंगले अभिव्यक्ति दिएको भन्दै नेपाल मगर संघ र तामाङ्ग घेदुङले सयुंक्त रुपमा रामेछापमा सोमबार (आज) विरोध प्रर्दशन गरेको हो । मगर संघ र घेदुङ रामेछापले अधिवक्ता पाण्डेले दिएको अभिव्यक्ति विरुद्ध संयुक्त रुपमा विरोध प्रर्दशन गर्दै रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौला मार्फत गृहमन्त्रीलाई […]

मन्थली नजिकै तामाकोशी नदीमा फेला परेकोे बेवारिसे शवको पहिचान खुल्यो

रामेछापको सदरमुकाम मन्थली नजिकै तामाकोशी नदीमा फेला परेकोे बेवारिसे शवको पुष्टि भएको छ । उक्त शव दोलखाका एक पुरुषको रहेको पुष्टि भएको हो । उक्त शव दोलखाको कालिञ्चोक गाउँपालिका २ बाबरेका ६२ वर्षीय भिमबहादुर थामीको रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । मृतक थामी साउन १५ गतेदेखि हराएका थिए । हराइरहेका थामीको शव […]

मन्थली नजिकै तामाकोसी नदीको किनारामा बेवारिसे शव फेला

रामेछाप जिल्लाको मन्थली नगरपालिका १ हाटेचौर स्थित तामाकोशी नदिको किनारामा शनिबार (आज )एक पुरुषको शव फेला परेको छ । बेवारिसे अबस्थामा फेला पेरको शवको पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ । सडेगलेको अवस्थामा अन्दाजी ४०/४५ बर्षको पुरुषको शव घोप्टो परेको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय रामेछापका प्रहरी निरीक्षक दिलिप कुमार थापाले जानकारी दिनुभयो […]

जिल्ला अस्पताल रामेछापले ल्यायो शव वाहन

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पताल रामेछापलाई शव वाहन उपलब्ध गराएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तरगतको आपूर्ति विभागले जिल्ला अस्पताललाई एक थान शव वाहन उपलब्ध गराएको हो । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले आइतबार जिल्ला अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनलाई शव वाहन हस्तान्तरण गर्नुभयो । जिल्ला अस्पताल रामेछापको […]

रामेछापकी युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा इन्जिनियर पक्राउ

रामेछापकी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा इन्जिनियर पक्राउ परेका छन । रामेछाप नगरपालिका ७ घर भएकी युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा सरकारी इन्जिनियर हरिकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । आफ्नो घरमा काम गर्न राखेकी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा इन्जिनियर पोखरेललाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको हो । साउन ५ गते रामेछाप […]

रामेछाप ठोसे बजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

रामेछाप ठोसे बजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । गोकुलगंगा गाउँपालिका –२ ठोसेबजारमा यहि साउन ६ गते जिरीबाट ठोसे तर्फ सिमेन्ट लिएर आउदै गरेको ग २ ख ०१८७ नम्बरको टिपरले सोही दिसा तर्फ जादै गरेको बा.प्र.०२–०२१ प ०२२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । टिपरको ठक्करबाट मोटरसाकल चालक दोलखा जिरी न.पा.–८ बस्ने बर्ष […]

समाजवादी रामेछापका अध्यक्ष रमेश बस्नेत एमालेमा फर्किए

नेकपा एकीकृत समाजवादी रामेछापका जिल्ला अध्यक्ष रमेश कुमार बस्नेत पुनः नेकपा एमालेमा नै फर्किनुभएको छ । नेकपा एमाले रामेछापले आइतवार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसको अवसरमा गरेको एक कार्यक्रमको बिच अध्यक्ष बस्नेत एमालेमा नै फर्किनुभएको हो । बस्नेतलाई एमाले महासचिव शंकर पोखरेले पार्टी प्रवेश गराउनुभयो । बस्नेतले मन्थली नगरपालिकाका […]