रामेछापको सुनापति गाउँपालिकामा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

रामेछापको सुनापति गाउँपालिकामा आईतबार (आज)देखी सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । उक्त प्रतियोगिताको उद्धघाटन गाउँपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङले गर्नुभयो । पालिकाभरीका ८ वटा माध्यमिक विद्यालयहरुले प्रतियोगितामा सहभागीता जनाएको उपाध्यक्ष गिता विष्टले जानकारी दिनुभयो । प्रतियोगिता ३ दिनसम्म संचालन हुनेछ । प्रतियोगितामा भलिबल,कबड्डी,सर्टफुट,दौड,ज्याबलिङ थ्रो लगायतका विभिन्न खेलहरु खेलाईने छ । यस वर्षको […]

मन्थली बचतकोे २८ औ बार्षिक साधारण सभा सम्पन्न

रामेछाप जिल्लाको पुरानो सहकारी संस्थाले आफनो २८ औ बार्षिक सभा सम्पन्न गरेको छ । शनिवार मन्थली स्थित तीनलाल पार्कमा भएको साधारण सभाले अध्यक्ष गोविन्द घिमिरेद्धारा प्रस्तुत संस्थागत प्रतिवेदन,सचिव हिमाल ढुँगेलद्धारा प्रस्तुत साँगठनिक प्रतिवेदन र कोषाध्यक्षको प्रतिबेदन सर्ब सम्मत रुपमा पारित गरेको छ । समाजसेवी स्वर्गिय जगदीश घिमिरेको अगुवाईमा ११ जना संस्थापकहरुबाट आरम्भ भएको उक्त सहकारीले […]

रामेछाप साँघुटारको एक घरमा विद्युत सर्ट भएर आगलागी

रामेछापको रामेछाप नगरपालिका –३ साघुँटार लक्ष्मिबासमा विद्युत सर्ट भएर आगलागी हुँदा एक घर जलेको छ । शनिबार राति करिब ११ बजेको समयमा सोहि ठाउँका ठेट बहादर महतको घरमा आगलागी भएको हो । आगलागीबाट महतको जस्ताको छानो भएको एकतले कच्चीघरमा आंशिक क्षति भएको छ । घरभित्र रहेको लत्ताकपडा,भाडावर्तन,अन्नपात सबै जलेर नष्ट भएको साँघुटार प्रहरीले जानकारी दिएको […]

नेपाली काँग्रेस रामेछापमा ‘युवा नेतृत्व’ को बहस,युवाहरुको विशेष कार्यक्रम

नेपाली काँग्रेस रामेछापमा ‘युवा नेतृत्व’ को बहस सुरु भएको छ । नेपाली काँग्रेस रामेछापको वर्तमान संगठनात्मक अवस्था तथा पछिल्लो राष्ट्रिय राजनीतिक परिदृश्य लाई मध्यनजर गर्दै,रामेछाप काँग्रेससँग आबद्ध युवाहरूले काठमाण्डौँमा विशेष कार्यक्रम गरेका छन । सनराईज फुडल्याण्ड मध्येबानेश्वरमा एक कार्यक्रमको आयोजनागरी नेपाली काँग्रेस रामेछापका युवाहरुले आगामी प्रतिनिधिसभा निर्वाचनमा युवाहरुलाई नेतृत्वको अवसर दिनुुपर्ने बताएका छन । उनिहरुले […]

जेनजी आन्दोलनमा भागेका रामेछाप घर भएका कैदी पक्राउ

जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका रामेछाप घर भएका एक कैदी भक्तपुरबाट पक्राउ परेका छन् । गत २४ भदौ कारागारबाट फरार भएका २२ वर्षीय देवबहादुर बस्नेत (विष्णु) भक्तपुर नगरपालिका–८ लिवालीमा पक्राउ परेका हुन् । रामेछापको मन्थली नगरपालिका–३ घर भएका बस्नेत लागुऔषध मुद्दाका फरार कैदीबन्दी हुन् । २ वर्ष कैद र १ लाख जरिवाना […]

बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी रामेछाप घर भएकी तामाङ पक्राउ

भक्तपुर प्रहरीले बैकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । रामेछापको खाँडादेवी गाउँपालिका–७ घर भएकी ५० वर्षीया कल्पना तामाङलाई पक्राउ गरिएको हो । सूर्यविनायक नगरपालिका–८ दार्जेलिङ हाइट बस्ने तामाङलाई पक्राउ गरेको हो । उनलाई भक्तपुर प्रहरी परिसरमा राखिएको छ ।

नेपालका कलाकार र आत्महत्याको रहस्य: किन रोज्छन् अन्तिम बाटो?

मनोरञ्जन उद्योग बाहिरबाट हेर्दा कलाकारहरूको जीवन चमकदार देखिन्छ । हँसिलो अनुहार, आकर्षक जीवनशैली, ठूलो दर्शक वर्ग – यी सबैले जीवनलाई सपनाजस्तो देखाउँछन् । चलचित्र, म्युजिक भिडियो र मिडियाहरूले कलाकारको जीवनलाई झिलिमिली र ग्ल्यामरस देखाउने काम गर्छन् । तर यस चमकको पछाडि गहिरो पीडा लुकेको हुन्छ । केही कलाकारहरूले मानसिक तनाव, व्यक्तिगत संघर्ष, सामाजिक दबाब र […]

जेन जी आन्दोलनमा घाइते भएका रामेछापका १४ जनाले राहत पाउने,घाइतेहरुको नामावली सहित

गत भदौ २३ र २४ गते जेन जी आन्दोलनको क्रममा घाइते भएकाहरुलाई जिल्ला प्रशासन कार्यालय रामेछापले परिचय पत्र वितरण गर्ने भएको छ । रामेछाप ठेगाना भएका घाइतेहरुले परिचय पत्र प्राप्त गर्नेछन । जिल्ला प्रशासन कार्यालय रामेछापले मंगलबार एक सूचना जारी गर्दै आन्दोलनका क्रममा घाइतेहरु भएका १४ जनालाई वडाको सिफारिस सहित सम्पर्कमा आउन भनेको छ । […]

रामेछापको मन्थलीबाट काँकरभिट्टा गइरहेको रात्रिबस झापामा दुर्घटना,१९ जना घाइते

रामेछापको मन्थलीबाट काँकरभिट्टा गइरहेको रात्रिबस झापामा दुर्घटना भएको छ । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज(मंगलबार) बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गमा मन्थलीबाट काँकरभिट्टा गइरहेको प्र१–०१–००१क ४२०९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिँएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक […]

रामेछापमा घाँस काट्ने क्रममा बारीको कान्लाबाट खसेर एक वृद्धको मृत्यु

रामेछापको रामेछाप नगरपालिका वडा नं ६ धमिनीछापमा बारीको कान्लाबाट खसेर एक वृद्धको मृत्यु भएको छ । यहि कातिक ८ गते शनिबार घाँस काट्ने क्रममा धमिनीछापकी वर्ष ७२ की पोेक्चीमाया मगर बारीको कान्लाबाट लडेकी थिईन । उनको टाउकोमा गहिरो चोट लागेको थियो । उनलाई उपचारको लागि रामेछाप अस्पताल ल्याइएको थियो । रामेछाप अस्पतालमा सामान्य उपचारपछि उनलाई […]