रामेछापको सैपुमा आगलागीबाट एक घर जल्यो,एक जना घाइते

रामेछापमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । जिल्लाको लिखुतामाकोशी–२ सैपुमा विद्युत् सट भएर गएराती आगलागी हुँदा स्थानीय चन्द्र बहादुर पौडेलको घर पूर्ण रूपमा जलेको हो । घरमा लागेको आगो निभाउने क्रममा चन्द्रबहादुर पौडेल घाइते हुनुभएको लिखुतामाकोशी–२ सैपुका वडा अध्यक्ष सन्तोष पौडेलले जानकारी दिनुभयो । घाइते पौडेलाई बेहोस अवस्थामा उद्धार गरी अहिले सदरमुकाम मन्थली […]

रामेछाप धारापानी बसेरीमा सुमो दुर्घटना

रामेछापको रामेछाप नगरपालिका वडा नं ४ हिमगंगा धारापानी बसेरीमा शनिबार(आज) सुमो दुर्घटना भएको छ । बिहान अन्दाजी १०ः४५ बजेको समयमा भएको दुर्घटनामा चालक सहित दुईजना यात्रु सामान्य घाइते भएका छन । चालक अन्दाजी २९ वर्षिय राम बहादुर श्रेष्ठ,अन्दाजी ५४ वर्षिय ढक बहादुर श्रेष्ठ र अन्दाजी ३९ वर्षिय डोर बहादुर श्रेष्ठ सामान्य घाइते भएका हुन । […]

वित्तीय जोखिम मूल्याङ्कनमा रामेछापको मन्थली नगरपालिका पहिलो

रामेछापको मन्थली नगरपालिका वित्तीय जोखिमको अवस्था मूल्याङ्कनमा जिल्लामै पहिलो भएको छ ।स्थानीय तह वित्तीय जोखिम मूल्याङ्कन कार्यविधि, २०७७ बमोजिम स्थानीय तहहरूले मूल्याङ्कन प्रणालीमा अपलोड गरेका कागजातहरूको आधारमा आर्थिक वर्ष २०८०/८१ को वित्तीय जोखिमको अवस्था मूल्याङ्कनमा ९१ अङ्क प्राप्त गरी मन्थली नगरपालिका पहिलो भएको हो । खाँडादेवी गाउँपालिका जिल्लाका आठ वटा पालिकामध्ये सबै भन्दा कम ६३ […]

रामेछापबाट निर्वाचित सांसद,ऊर्जा राज्यमन्त्री कान्छाराम बर्खास्त

रामेछापबाट निर्वाचित सांसद एवं ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्तीमा पर्नुभएको छ । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पदबाट बर्खास्त गर्नुभएको छ । मन्त्रिपरिषद्कै निर्णयविरुद्धमा पटकपटक अभिव्यक्ति दिएका तामाङलाई प्रधानमन्त्री ओलीले बर्खास्त गर्नुभएको हो । यसअघि सरकारले बर्खास्त गरेका नेपाल विद्युत प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङको पक्षमा उहाँले सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो । […]

रामेछापमा करेन्ट लागेर एक युवकको मृत्यु

रामेछापमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । शनिवार साँझ ६ः३० बजेको समयमा टिफरमा बालुवा लोड गर्ने क्रममा करेन्ट लागेर रामेछापको लिखुतामाकोशी गाउँपालिका–५ नागदहका अन्दाजी २४ वर्षीय मणिराज तामाङको ज्यान गएको छ । मृतक तामाङका दाइले चलाएको बा ३ क १५०५ नम्बरको टिफरमा बसी सेलेघाट–साघुँटार निर्माणाधीन सडक खण्डको लागि श्री भारत कन्स्ट्रक्सन सिद्धि साई […]

अर्थतन्त्रकाे मेरुदण्ड नै शिक्षा

– नविन गाउँले  “तिम्रो सम्पूर्ण शरिरको संरचना तिमी कति स्वस्थ छौ भन्ने कुराले निर्भर गर्छ ”ओशो चीन अब केही दशकमा अमेरिकालाई उछिन्दै अर्थतन्त्रमा बादशाहा बन्ने होडमा छ।त्यो अनुरुप उसले आफ्नो सम्पूर्ण रणनीतिलाई व्यापक रुपमा परिचालित पनि गरिरहेको छ।अर्थतन्त्रमा उ कसरी बलशाली हुदैछ?यसको मक्सद के होला त ? चीन यति सफल हुनुको कारण के हुनसक्ला?मुख्य कुरा […]

मिथिलाको नयाँ वर्ष जुड–शीतलः वातावरण संरक्षण र जनचेतनाको प्रतीक

डा. केदार कार्की। (अप्रिल १४) “सतुआनी“ को पर्व हो र  (अप्रिल १५) “जुड–शीतल“ अर्थात् बिहारको मिथिलाको नयाँ वर्ष हो। सतुआनीको यो पर्व बिहारमा मात्र नभई उत्तर प्रदेश र नेपालका केही भागहरूमा पनि रबि बाली काट्ने समयमा मनाइन्छ। शीतलताको लोक पर्व, जुड–शीतल, १४ अप्रिलदेखि सुरु हुँदैछ। मिथिलामा यसलाई नयाँ वर्षको रूपमा मनाइन्छ। जुधा शीतलमा, सम्पूर्ण समाजले […]

रामेछाप मन्थलीका ६१ बालविकास शिक्षकलाई ‘इएलडीएस’ तालिम

बालबालिकाहरु ‘सुखी नेपाली, समृद्ध नेपाल र दिगो विकास’को मुख्य आधारशीला हुन् । बालबालिकालाई राष्ट्र निर्माणको बलियो आधार वा जगको रुपमा लिने गरिन्छ । ‘सुखी नेपाली, समृद्ध नेपाल र दिगो विकासको आधारशीला मानिने बालबालिकाहरुको सर्वाङ्गीण विकास र शैक्षिक पूर्वतयारी गराउने लक्ष्यका साथ सेतो गुँरास राष्ट्रिय बालविकास सेवाले रामेछापको मन्थली नगरपालिकामा विभिन्न तालिम तथा अभिमुखीकरणका कार्यक्रम सञ्चालन […]

भ्रष्टचारीलाई कीरा परेन ?

नविन गाउँले । एक समय भ्रष्टाचारीलाई कीरा परोस् भन्ने अभियानले जनमानसमा एक–किसिमले आमसञ्चार गरेको थियो।ध्यान आकर्षित बनाएको थियो। त्यो अभियान अहिले कहाँ पुग्यो त्यो भने थाहा भएन,यद्यपि भ्रष्टाचारीहरुलाई भने कीरा पर्दै परेन ? नेपाली समाजमा आम रुपमा ब्याप्त परम्परागत र शाष्त्रिय अबैज्ञानिक यस्ता अबधारणाहरु छन् जो सराप्दा लाग्छ भन्ने खालका अबधारणाहरु हामी भ्रष्टाचार जस्तो जघन्य […]

आठ दिने ‘इएलडीएस’ तालिम सञ्चालनः लिखुतामाकोशी गाउँपालिकाका ३५ शिक्षकको सहभागिता

सेतो गुराँस राष्ट्रिय बालविकास सेवा संस्थाले ३५ जना बाल शिक्षकहरुलाई ‘प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा आधारित निर्माणात्मक मूल्याङ्कन’ सम्बन्धी आठ दिने तालिम प्रदान गरेको छ । “प्रारम्भिक बालविकासमा लगानी, दिगो राष्ट्र विकासको थालनी” भन्ने मूल नाराका साथ सञ्चालन गरेको आठ दिने तालिममा रामेछापको लिखुतामाकोशी गाउँपालिकाभित्रका ३५ विद्यालयका ३५ जना बालविकास शिक्षकहरु सहभागी भएका थिए । […]