रामेछाप खाँडादेवीमा एक पुरुषको बेवारिसे शब फेला

रामेछापको खाँडादेवी गाउँपालिका –१ खैरेनि पुल नजिक बेवारीसे शव फेला परेको छ । सुनकोसी नदिको किनारमा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । सोमबार दिउँसो नाम थर नखुलेको अंन्दाजी बर्ष ५०/५२ का पुरुषको शव फेला परेको हो । शवको मुचुल्का उठाइ शवको पहिचानका लागि मन्थली अस्पतालमा राखिएको प्रहरीले जानकारी […]

रामेछापको गाल्पा बतासे डाँडामा सामुदायिक अस्पताल बन्ने,दुई जनाले गरे जग्गादान

रामेछापको सुनापति गाउँपालिका वडान २ दिमिपोखरी गाल्पा बतासे डाडामा सामुदायिक अस्पताल बन्ने भएको छ । उक्त ठाउँमा अस्पताल बनाउनका लागी दुईजना स्थानियले जग्गा दान दिनुभएको छ । कान्छीमाया तामाङ मेमोरियल सामुदायिक अस्पताल निर्माण गर्न मोहन कुमार तामाङ र शम्भु घिसिङले सम्युक्तरुपमा २ रोपनी जग्गा दान गर्नु भएको हो । अहिलेको भाउ अनुसार करिब ५० लाख […]

भैरवी मावि सुनारपानीका विद्यार्थीलाई ट्रयाक सुट वितरण

रामेछाप ३१ भाद्र । मन्थली नगरपालिका ५ सुनारपानीको भैरवी माध्यमिक विद्यालयका २०६३ एसएलसीको ब्याचले आफुहरुलाई अध्यापन गराउने शिक्षकलाई शनिवार बिद्यालय परिसरमा एक विशेष कार्यक्रम गरि सम्मान गरेको छ । २०६३ ब्याचको पुर्व बिद्यार्थीको संयुक्त प्रयासमा विद्यालयका विद्यार्थीहरूलाई ट्रयाक सुटसमेत वितरण गरेको छन । उक्त ब्याचको नेतृत्वमा विद्यालयका ९ जना शिक्षकलाई सम्मान पत्र र मायाको चिनो […]

तिजका लागि तारकेश्वर महादेव मन्दिर सरसफाइ

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ मा रहेको ऐतिहासिक एवं धार्मिक स्थल ताराखसे( तारकेश्वर ) मन्दिर बिहिवार (आज) सरसफाइ गरिएको छ । नारीहरुको महान पर्व तिजको दिन लाग्ने मेलाका लागि मन्दिर सरसफाइ गरेर चिटिक्क पारिएको सकृय महिला संजाल सुकाजोरका अध्यक्ष राशी कार्कीले बताउनुभयो । स्व्च्छ सुकाजोर वडा बाल संजालको आयोजनामा सरसफाइ कार्यक्रम गरिएको हो । […]

जिल्ला अस्पताल रामेछापमा भएको मानसिक रोग शिविरमा ४१ जनाले लिए सेवा

जिल्ला अस्पताल रामेछापमा बुधबार(आज) भएको मानसिक रोग शिविरमा ४१ जनाले सेवा लिएका छन । मानसिक अस्पताल पाटन लगनखेल ललितपुरमा कार्यरत मानसिक तथा नशा रोग बिशेषज्ञ डा. नबिन देबकोटाले शिविरमा सेवा दिनुभएको हो । “अस्पातलमा मानसिक स्वास्थ्य सन्चालन तथा सुद्रिढिकरण“ कार्यक्रम अन्तर्गत शिविर संचालन गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. गगन अधिकारीले जानकारी दिनुभयो । शिविरमा निद्रा […]

रामेछापको सुनापती गाउँपालिकाको भलायखर्कमा बस दुर्घटना हुँदा ७ जना घाइते

रामेछापको सुनापति गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी ७ जना घाइते भएका छन् । सुनापति गाउँपालिका–२ रजमनटारबाट काठमाडौँतर्फ जाँदै गरेको बा.३ ख ५९६० नम्बरको यात्रुबाहक बस सुनापती गाउँपालिका–३ भलायखर्कमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । दुर्घटनामा परी घाइते हुनेहरुमा सुनापाती गाउँपालिका–२ का वर्ष ५० की मैच्याङ तामाङ, […]

साक्षरता अर्थात् संसारसँगै आफैंले आफैंलाई हेर्ने आँखा

आज विश्व साक्षरता दिवस । यो दिवस सन् १९६५ बाट युनेस्कोले हरेक वर्षको ८ सेप्टेम्बरमा मनाउने घोषणा गरेको थियो । विश्वभर शैक्षिक संघ संस्थाहरूले साक्षरता दिवसलाई आ९आफ्नै तरिकाले मनाउने गर्दछन् । संसारमा भएका सम्पूर्ण मानिसहरू साक्षर हुन पाउनु उनीहरूको नैसर्गिक अधिकार हो भने यसको लागि काम गर्नु हरेक राज्यको दायित्व पनि हो । मानवलाई साक्षरताले […]

निजामति सेवा दिवसका अवसरमा रामेछापमा कर्मचारीहरुबीच फुटबल प्रतियोगिता

निजामति सेवा दिवसका अवसरमा रामेछापमा प्रशासन कर्मचारी र प्राविधिक कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । कर्मचारी मिलन केन्द्र रामेछापको आयोजना र रामेछाप जिल्ला फुटबल संघको सहजीकरणमा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको हो । रामेछाप जिल्लाकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको नेतृत्वमा जिल्ला भरीका निजामति कर्मचारीको उपस्थितिमा मैत्रीपूर्ण फुटबल प्रतियोगीता सम्पन्न भएको रामेछाप जिल्ला […]

निजामति सेवा दिवसको उपलक्ष्यमा रामेछाप अस्पतालमा रक्तदान

निजामति सेवा दिवसको उपलक्ष्यमा जिल्ला अस्पताल रामेछापमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । बिहिवार (आज) बिहान भएको रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन । रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौला सहित विभिन्न कार्यालयका प्रमुखहरुको उपस्थितीमा रक्तदान कार्यक्रम भएको हो । रक्तदान कार्यक्रममा विभिन्न व्यक्तिहरुले रक्तदान गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. गगन अधिकारीले बताउनुभयो ।

रामेछाप स्थित तामाकोसी नदीको किनारामा महिलाको शव फेला

रामेछाप सदरमुकाम मन्थली स्थित तामाकोसी नदीको किनारामा एक महिलाको शव फेला परेको छ । मंगलबार(आज) मन्थली नगरपालिका वडा नं.११ स्थित तामाकोशी नदीको किनारमा महिलाको शव फेला परेको हो । नामथर,वतन नखुलेको अन्दाजी ६० वर्षकी महिलाको शव नदीको किनारामा घोप्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । प्रहरी कार्यालय रामेछापबाट प्रहरी […]