आजदेखि श्रम स्वीकृति अनलाइन प्रणालीबाट लिन सकिने

आजदेखि श्रम स्वीकृति अनलाइन प्रणालीबाट लिन सकिने

आजदेखि श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्रै लिन सकिने भएको छ । वैदेशिक रोजगारीमा जानको लागि चाहिनेश्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्रै दिने निर्णय गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट श्रम स्वीकृतिको काम भइरहेकोमा आजदेखि अनलाइनबाट मात्र श्रम स्वीकृतिको काम हुने भएको हो । श्रम स्वीकृतिको काम वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली एफईआईएमएसमार्फत अनलाइनबाट मात्रै हुने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार