नीजि तथा आवासीय बिद्यालय अर्गनाइजेशन (प्याब्सन) रामेछापको शनिवार मन्थलीमा सम्पन्न पाँचौ जिल्ला अधिबेशनले कर्कला देवी इङ्लिस स्कुल मन्थलीका प्रिन्सिपल केशव अमोल तिमिल्सिनाको अध्यक्षतामा नयाँ नेतृत्व निर्विरोध चयन गरेको छ ।
यसरी नवगठित पदाधिकारीहरुमा उपाध्यक्ष,सचिब कोषाध्यक्ष मा क्रमश हस्तबहादुर लामा, उद्धव घिसिङ, र पार्बति पाठक रहनुभएको छ भने सदस्यहरुमा अनिल श्रेष्ठ, गौतम श्रेष्ठ, नारायण कार्की चयन हुनु भएको छ । अधिबेशनले ३ सदस्यिय सल्लाहकार समिति पनि गठन गरेको छ ।