नेपाल तरुणदल रामेछापले आफ्नो ६८ औं स्थापना दिवसको अवसर पारेर आज जिल्ला सदरमुकाम मन्थलीमा बृहत्त रक्तदान कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाएको छ । जिल्लाका सरकारी तथा सामुदायिक अस्पतालहरुमा भर्ना भएका बिरामीहरुले रगत अभाव झेल्दै आएपछि तरुणदलको स्थापना दिवसको अवसर पारेर संस्थाले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापको सहकार्यमा संस्थाले बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान कार्यक्रममा धेरै नागरिकहरुको उपस्थिती भएता पनि ३८ जनाले मात्रै रगत दान गरेका छन ।