कोरोनाको तेस्रो लहर आउने जोखिम रहेकाले सतर्क रहन चिकित्सकको आग्रह

कोरोनाको तेस्रो लहर आउने जोखिम रहेकाले सतर्क रहन चिकित्सकको आग्रह

नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमणको दरमा कमी आएपनि तेस्रो चरणको लहर आउन सक्ने जोखिम रहेको भन्दै चिकित्सकहरूले सचेत गराएका छन् ।

कोरोना महामारीको दोस्रो चरणको लहर अझै नसकिएको हुँदा र मृत्यु हुनेदर पनि शून्यमा नझरेकाले सचेत रहन चिकित्सकहरूले आग्रह गरेका हुन् ।

पछिल्लो समय मानिसहरूमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपनि परीक्षण नगराउने र जनस्वास्थ्यका मापदण्ड पालना नगरेको भन्दै तेस्रो लहरको जोखिम रहेको सशस्त्र प्रहरी अस्पताल बलम्बुका डा.रोशन कुमार झाले बताउनुभयो ।

उहाँले दसैँको समयमा पनि कोरोना सङ्क्रमणको दरमा कमी नआएको र मृत्यु हुनेदर पनि शून्यमा झर्न नसकेकाले जोखिम कायमै रहेको बताउनुभयो ।

डा.झाले कोरोनाको तेस्रो लहरको जोखिम कायमै रहेकाले आवश्यक स्वास्थ्य सावधानी अपनाउन पनि आग्रह गर्नुभयो । नेपालमा पछिल्लो समय दैनिक औसतमा ७ सयका दरले नयाँ सङ्क्रमित थपिने गरेका छन् भने १० जनाको मृत्यु हुनेको गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार