नेकपा एमाले रामेछापले भोलि हुने पालिका अधिवेशनको तयारी पुरा भएको जानकारी दिएको छ । गत शनिबार वडाको अधिवेशन गरेको एमालेले कार्तिक ९ गते मंगलबार हुने पालिका अधिवेशनको तयारी पनि पुरा भएको जानकारी गराएको छ । एमाले रामेछापका अध्यक्ष शान्ति प्रसाद पौडेलले रामेछापको दुईवटा नगरपालिका र छ वटा गाउँपालिकामा एकैसाथ कुनै विवाद रहित ढंगले नेतृत्व चयन गरिने बताउनुभयो ।