रामेछापका २० हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइयो

रामेछापका २० हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइयो

रामेछापका २० हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका अनुसार जिल्लामा दुई दिनका अबद्यिमा –हिजो र आज) गरी २० हजार ९८ जना बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका सूचना अधिकारी राजेश प्रसाद पालले जानकारी दिनुभयो । ६ महिना देखी ५ वर्ष भित्रका जिल्लाका २० हजार ९८ जना बालबालिकालाई भिटामिन ‘ए’ र करिव १६ हजार बालबालिकाहरुलाई जुकाको औषधी खुवाइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार