नेकपा एमाले रामेछापले जिल्लाका विभिन्न तहको अधिवेशनको तयारी सकिएको जनाएको छ । कार्तिक ६ गते शनिबार जिल्लाका सबै वडाको अधिवेशनको तयारी सकिएको एमालेले जनाएको छ । एमाले रामेछापको ६२ वडामा शनिबार एकसाथ अधिवेशन आयोजना हुँदैछ ।
६४ वडामध्ये २ वटा वडामा भने अधिवेशन सम्पन्न भईसकेको छ । एमालेको वडा कमिटी ३१ सदस्यीय हुनेछ । अध्यक्ष ,उपाध्यक्ष, सचिव, २ उपसचिव र सदस्यहरु पदाधिकारी रहने छन् । कार्तिक ९ गते पालिका अधिवेशन आयोजना हुँदैछ ।
एमाले रामेछापका साढे १० हजार संगठित सदस्य छन् । नेकपा एमाले रामेछापका इन्चार्ज कैलाश ढुंगेलले जिल्लामा पार्टीको वडा र पालिका अधिवेशन सर्वसम्म रुपमा सम्पन्न हुने बताउनुभयो । उहाँले एकताको अधिवेशन भएकाले सर्वसम्मत रुपमा वडा र पालिकाको नेतृत्व चयन हुने बताउनुभयो ।