काँग्रेसको क्रियाशिल सदस्यता विवाद भोलिसम्ममा समाधान गर्ने दावी

काँग्रेसको क्रियाशिल सदस्यता विवाद भोलिसम्ममा समाधान गर्ने दावी

नेपाली काँग्रेसले क्रियाशिल सदस्यता विवाद भोलिसम्ममा समाधान गर्ने दावी गरेको छ । बारा, रौतहट र रसुवाको विवाद समाधानका लागि प्रयास भइरहेको र भोलिसम्ममा सबै विवाद समाधान हुने क्रियाशिल सदस्यता छानबिन समितिका सदस्य आनन्द प्रसाद ढुङ्गानाले बताउनुभयो । विवाद समाधान भएपछि निर्वाचन समितिले निर्वाचनको लागि मिति तोक्ने काँग्रेसले जनाएको छ । क्रियाशिल सदस्यता विवाद समाधान नहुँदा काँग्रेसको महाधिवेशन मिति पर सर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार