रामेछाप सहित १० हिमाली जिल्लाका १८ वर्ष माथिका नागरिकलाई खोप लगाइँदै

रामेछाप सहित १० हिमाली जिल्लाका १८ वर्ष माथिका नागरिकलाई खोप लगाइँदै

आजबाट १० हिमाली जिल्लाका १८ वर्षमाथिका नागरिकलाई कोरोना विरुद्धको खोप लगाइदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका नागरिकलाई भेरोसेल खोप लगाउन लागिएको हो ।

काभ्रे र चितवनमा ३५ वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थी, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा भने ४० वर्ष माथि र १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप लगाइनेछ ।

बाँकी ५८ जिल्लाहरुमा मनाङ, मुस्ताङ र रुकुमपूर्व बाहेकका ५५ जिल्लाका ४५ वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप लगाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि छुटेका अग्रपङ्क्तिमा खटिने, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र, होटल व्यवसायमा काम गर्ने व्यक्तिहरु समेतलाई खोप दिइनेछ । आजबाट असोज १४ गतेसम्म खोप लगाएकाहरुलाई कात्तिक ४ गतेदेखि१४ गतेभित्र दोस्रो मात्रा लगाइनेछ । खोप लगाउन जाँदा उमेर र पेशा खुल्ने परिचय पत्र अनिवार्य लिएर जान अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार