रामेछापको रामेछाप नगरपालिकाले यहि भदौ २५ गतेदेखि सबै विद्यायमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने भएको छ । १७ महिना देखि बन्द अबस्थामा रहेका रामेछाप नगरपालिकाका विद्यालय भदौ २५ गते देखि खुल्ने भएका हुन ।
२०७७ चैत्र ११ गते लगाइएको लकडाउनसँगै बन्द रहेका विद्यालय पहिलो चरणको कोरोना केही कमी हुँदा खुल्ने तयारी गरिएको भएपनि दोस्रो चरणको कोरोना सुरु भएसँगै बन्द भएका थिए ।
कोरोना भाइरसका काराण १७ महिना अघि देखि भौतिक रुपमा ठप्प रहेका विद्यालयहरु स्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्दै शिक्षक र विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठ गर्ने गरी नगरपालिकाले विद्यालय खोल्ने निर्णय गरेको छ ।