रामेछाप जिल्लामा केहिदिनयता कोरोना संक्रमित घटेका छन । जिल्लामा दैनिक ४०÷५० जनाको हाराहारीमा संक्रमण पुष्टि हुँदै आएकोमा अहिले भने दिनमा ५ देखी १० जनासम्ममा मात्रै कोरोना संक्रमण पुष्टि हुने गरेको छ ।
जिल्लामा कोरोना परीक्षण कम मात्रामा भएको कारण पनि संक्रमित कम भएजस्तो देखिएको हो । आज जिल्लाभरमा ६ जनामा एन्टिजेन परीक्षण गरिएकोमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज गोकुलगंगा गाउँपालिका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना पुष्टि हुनेको कुल संख्या ३ हजार ६२ जना पुगेको छ । आज जिल्लामा आज ३१ जनाले कोरोना जितेका छन ।
मन्थली नगरपालिकाबाट १४ जना, रामेछाप नगरपालिकाबाट ८ जना, खाँडादेवी गाउँपालिकाबाट ५ जना,गोकुलगंगा गाउँपालिकाबाट १ जना,दोरम्बा गाउँपालिकाबाट १ जना र लिखु तामाकोशी गाउँपालिकाबाट २ जनाले कोरोना जितेका हुन ।
यो सँगै जिल्लामा २९ सय ६५ जना कोराना संक्रमित उपचारपछि निको भएका छन । जिल्लामा अहिले ७४ जना कोरोनाका संक्रिय संक्रमित छन् । जिल्लामा कोरोना सङ्क्रमणबाट २३ जनाले ज्यान गुमाएका छन ।