आज राष्ट्रिय सामुदायिक वन दिवस रामेछापमा वृक्षारोपण गरि मनाइएको छ । सामुदायिक वनको सम्पती,सम्वृद्धि,प्रकृति र संस्कृति भन्ने मुल नाराका साथ दिवस मनाइएको हो ।
डिभिजन वन कार्यालय रामेछापको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला कार्यसमिती रामेछापको समन्वयमा वृक्षारोपण गरि दिवस मनाइएको हो ।
बावियाखर्क सामुदायिक वनमा दिवसको अवसरमा एक सय भन्दा बढी अमला जातको विरुवा रोपिएको बावियाखर्क सामुदायिक वनका अध्यक्ष हरिचन्द्र घिमिरेले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालय रामेछापका वन अधिकृत नारायण श्रेष्ठ, सामुदायिक वन उपभोक्ता महासंघ रामेछापका अध्यक्ष दुर्गा श्रेष्ठ, सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रिय सदस्य ढाल विक्रम कार्की लगायतले वन संरक्षण तथा सम्बद्र्धनमा सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन ।


			
                                    
                                    
                                    
                                    
                                    
                                    