आज मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रहने

आज मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रहने

आज मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । राति पनि देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन्।

देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, बागमाती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भूभागमा मेघगर्जन÷चट्याङ्सहित भारी वर्षा हुने सम्भावना रहेकोले नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार