रामेछापमा जिल्लामा आज १७ जना कोरोना संक्रमित थपिएका छ्न । जिल्ला अस्पतालमा ४ जना, तामाकोसी अस्पतालमा ३ जना, ,सु्नापती गाउँपालिकामा ९ जना र लिखुतामाकोसी गाउँपालिकामा १ जनामा एन्टिजिन पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।
यो सँगै कोरोनाको दोश्रो लहर अन्तर्गत जिल्लामा कोरोना संक्रमित हुनेको संख्या एक हजार ५ सय ९८ पुगेको छ । पिसिआर परिक्षण मार्फत १ हजार १ सय ४ र एन्टिजिन परिक्षण मार्फत ४ सय ९४ जनामा कोरोना संक्रमण देखिएको हो ।
यी मध्ये एक हजार ७ जना उपचार पछि स्वास्थ भैसकेका छ्न ।जिल्लामा कोरोनाका सक्रिय संक्रमित संख्या ५८० जना रहेको छ । १६ जनालाइ भने जिल्लामा उपचार सम्भव नभएर अन्यत्र रिफर गरिएको छ । जिल्लामा कोरोना संक्रमण भएर ११ जनाले ज्यान गुमाएका छ्न । जिल्लाका १५ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ ।