जिल्ला अस्पतालमा रहेका कोरोनाका बिरामीलाई फलफूल वितरण

जिल्ला अस्पतालमा रहेका कोरोनाका बिरामीलाई फलफूल वितरण

कालिका देवि सेवा समाजले जिल्ला अस्पताल रामेछापमा रहेका कोरोना भाइरस संक्रमित भएर उपचाररत रहेका बिरामीहरुलाइ फलफूल वितरण गरेको छ । आज उक्त समाजका अध्यक्ष सरोज श्रेष्ठ जिल्ला अस्पताल रामेछापमा पुगेर अस्पतालमा उपचाररत कोरोनाका १४ जना बिरामीलाई फलफूल वितरण गर्नुभयो ।

स्याउ ,केरा,जुस सहितको फलफूल बिरामीलाई प्रदान गरिएको संस्थाका अध्यक्ष श्रेष्ठले बताउनुभयो । कोरोना संक्रमित भएर उपचार गराइरहेका बिरामीहरुलाइ सानो भएपनी आफुहरुले गरेको सहयोगले फाइदा पुग्ने उहाँले बताउनुभयो । अस्पताल विकास समितिका अध्यक्ष रोशन पाखृनले सहयोगी संस्थालाई धन्यवाद व्यत्त गर्नुभयो । कालिका देवि सेवा समाज रामेछाप नगरपालिका वडा नं २ मा रहेको एउटा सामाजिक कार्यमा संलग्न संस्था हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार