उपत्यकामा जेठ १२ सम्म निषेधाज्ञा लम्ब्याउने तयारी

उपत्यकामा जेठ १२ सम्म निषेधाज्ञा लम्ब्याउने तयारी

उपत्यकामा जेठ १२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ। काठमाडौं, ललितपुर, भक्तपुर तीनवटै जिल्लाले आन्तरिक छलफलमा जेष्ठ १० वा १२ गतेसम्म निषेधाज्ञा थप्ने गरी छलफल गरेका छन्।

आज तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसेर थप कडाई गर्दै निषेधाज्ञा थप्ने निर्णय गर्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताउनुभयो ।

निषेधाज्ञालाई थप कडाई गरिने समेत उहाँको भनाई छ । उहाँका अनुसार अत्यावश्यक बाहेक सबै कार्यालय बन्द गर्ने र उपत्यकाबाट बाहिर जान पनि रोक लगाउने निर्णय हुनसक्नेछ ।

अस्पताल जाने आउने बाहेकलाई हिँडडुल गर्न नदिईने समेत बताईएको छ । सरकारले ठूला सहरमा ५०० बढी सङ्क्रमित भए र पहाडी जिल्लामा २०० बढी सङ्क्रमित भएपछि स्थानीय प्रशासनले नै निषेधाज्ञाको निर्णय गर्न सक्ने अधिकार दिएको छ।

उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा जारी छ। पछिल्लो पटक एक साता थपिएको निषेधाज्ञा भोलि सकिने छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार