रामेछाप जिल्लाको दोरम्वा गाउँपालिका वडा नं–७ दोब्ला स्थित खरपाखामा लागेको आगो निभाउन जाने क्रममा गएराती भिरवाट लड्दा एक बृद्धको ज्यान गएको छ । भिरवाट लड्दा दोरम्वा गाउँपालिका वडा नं–७ का ७० बर्षिय प्रभुलाल श्रेष्ठको ज्यान गएको हो । गएराती श्रेष्ठको निजी खरबारीमा आगलागी भएपछि आगो निभाउन गएका श्रेष्ठ भिरवाट करिव १ सय मिटर तल लडेका थिए ।
घटनापछि श्रेष्ठको स्थानियहरुले उद्धार गरि एम्वुलेन्स मार्फत काठमाण्डौं तर्फ लैजाने क्रममा दोरम्वा वडा नं–७ कै दोब्लामै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा एक पुरुषले आफनै शरीरमा आगो लगाएर आत्महत्या गरेका छन । मानसिक अवस्था ठिक नभएका वर्ष ४३ का हिरा बहादुर भुजेलले आफ्नै शरिरमा मट्टितेल खनाएर आगो लगाएका थिए । आगोलागीबाट उनको शरिरको धेरै भाग जलेको प्रहरीले जनाएका छ ।