जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लामा मन्दिर तथा शक्तिपिठहरुमा नित्यपूजा बाहेक अन्य दर्शनका लागि रोक लगाइएको छ । प्रशासनले एक सूचना जारी गरि जिल्ला भित्रका सबै मन्दिर तथा शक्तिपिठहरुमा नित्यपूजा बाहेक अन्य दर्शन कार्य गर्न रोक लगाएको जनाएको छ । दशैंका बेलामा मन्दिर तथा शक्तिपिठहरुमा सर्वसाधारणहरुको अत्याधिक भिड हुने र यसले कोरोना भाइरस संक्रमणको जोखिमता झन बढ्ने भएकाले प्रशासनले मन्दिर तथा शक्तिपिठहरुमा नित्यपूजा बाहेक अन्य कार्यमा निषेधाज्ञा जारी गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गृहमन्त्रालयको अनुरोध अनुसार जिल्लाका सवै पालिका तथा वडाहरुमा रहेका मठ मन्दिर तथा शक्तिपिठहरुमा नित्यपूजा बाहेक अन्य दर्शनका लागि निषेधाज्ञा जारी गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले जारी गर्नुभएको सुचनामा भनिएको छ ।
रामेछाप प्रशासनद्धारा जारी सुचना :



			
                                    
                                    
                                    
                                    
                                    
                                    