हालसम्म रामेछापका १७३ जनामा कोरोना संक्रमण पुष्टि

हालसम्म रामेछापका १७३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा कोरोना संक्रमण फैलिएदेखि आजसम्मको अवद्यिमा रामेछापका १७३ जनामा कोरोना संक्रमण पुष्टि छ । जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका ८१ जना र जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका ९२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । संक्रमति मध्ये धेरै जना निको भईसकेका छन भने १८ जनाको जिल्लाको विभिन्न ठाउँमा उपचार भईरहेको छ ।
रामेछाप जिल्लामा आजसम्म १५ सय ४१ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १४ सय ६० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ८१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

अहिलेसम्मसम्म जिल्ला अस्पतालमा ८२ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ५ सय ६ , रामेछाप नगरपालिकामा १ सय ८१ , उमाकुण्ड गाउँपालिकामा १ सय ६१ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २ सय ५३ , दोरम्बा गाउँपालिकामा ४०, लिखुतामाकोशी गाउँपालिकामा १ सय ३१ र सुनापति गाउँपालिकामा ६१ जना गरि १ हजार ५ सय ४१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

जिल्लामा २५ जना क्वारेन्टिनमा

जिल्लाको विभिन्न पालिकाहरुमा आजसम्म २५ जना क्वारेन्टिनमा रहेका छन । ८ जना महिला र १७ जना पुरुष गरी २५ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । रामेछाप नगरपालिकामा २, उमाकुण्ड गाउँपालिकामा २ , गोकुलगंगा गाउँपालिकामा १८ र लिखु तामाकोशी गाउँपालिकामा ३ जना गरी जिल्लाभर २५ जना क्वारेन्टिनमा रहेका छन् । मन्थली नगरपालिका , दोरम्बा , खाँडादेवी र सुनापति गाउँपालिकामा भने कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । जिल्लामा अहिलेसम्म १ सय ८ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार