रामेछापको मन्थली नगरपालिकाले पनि यस बर्षबाट सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणालीबाट वितरण गर्ने तयारी गरेको छ । सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी बनाउने उद्देश्यले नगरपालिकाले पहिलो पटक बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको हो । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतका अनुसार नगरपालिकाभित्र ६ हजार ६ सय ६५ जनाले सामाजिक सुरक्षा भत्ता लिदै आएका छन् । उहाँका अनुसार सामाजिक सुरक्षा भत्ताको लागि १५ करोड रुपैयाँ खर्च हुँदै आएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा वितरणलाई पारदर्शी बनाउन बैंक पुगेका स्थानीय तहमा अनिवार्य बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेपछि मन्थली नगरपालिकाले पनि तयारी गरेको हो ।