रामेछापको मन्थली नगरपालिकाले बैकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने

रामेछापको मन्थली नगरपालिकाले बैकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने

रामेछापको मन्थली नगरपालिकाले पनि यस बर्षबाट सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणालीबाट वितरण गर्ने तयारी गरेको छ । सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी बनाउने उद्देश्यले नगरपालिकाले पहिलो पटक बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको हो । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतका अनुसार नगरपालिकाभित्र ६ हजार ६ सय ६५ जनाले सामाजिक सुरक्षा भत्ता लिदै आएका छन् । उहाँका अनुसार सामाजिक सुरक्षा भत्ताको लागि १५ करोड रुपैयाँ खर्च हुँदै आएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा वितरणलाई पारदर्शी बनाउन बैंक पुगेका स्थानीय तहमा अनिवार्य बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेपछि मन्थली नगरपालिकाले पनि तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार