विद्यालय शिक्षामा वैकल्पिक पद्धतिलाई मान्यता दिने सरकारको निर्णय

विद्यालय शिक्षामा वैकल्पिक पद्धतिलाई मान्यता दिने सरकारको निर्णय

सरकारले विद्यालय शिक्षामा वैकल्पिक पद्धतिबाट सिकेका सिकाइलाई मान्यता दिन क्रेडिट गणना गर्ने निर्णय गरेको छ । कोभिड १९ सङ्क्रमणको जोमिखमका कारण विद्यालयहरु सञ्चालन हुन नसकेपछि सरकारले होम स्कुलिङ, रेडियो शिक्षा, टेलिभिजन शिक्षण, अनलाइन कक्षा लगायतका वैकल्पिक सिकाइलाई मान्यता दिनेगरी क्रेडिट गणना गर्ने भएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले दुर्गमका विद्यार्थीलाई पनि समेट्नेगरी विशेष योजना बनाएर अघि बढ्ने बताउनुभयो । नोवेल कोरोना भाइरसले गर्दा यो वर्षको पाठ्यक्रम खुम्च्याईएको बताउनुभएको छ । शैक्षिक सत्रको साढे चार महिना बितीसकेकाले पाठ्यक्रममा अत्यावश्यक बाहेकका विषयवस्तु पढ्न नपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार