नोबेल कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि काठमाडौँ उपत्यकामा आजदेखि १६ दिनसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले १६ दिनसम्मका लागि अत्यावश्यकबाहेक अन्य सेवा बन्द गर्ने निर्णय अस्ति गरेका थिए । काठमाडौँ, ललितपुर र भक्तपुरका कोरोना सङ्कट व्यवस्थापन जिल्ला समितिको संयुक्त बैठकले गरेको निर्णयअनुसार आजदेखि आगामी भदौ ८ गते सम्मका लागि नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, हातहतियार दर्ता नवीरकण, संस्थारपत्रपत्रिका दर्ता तथा नवीरकण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालिग परिचयपत्र वितरणलगायतका सबै सेवा बन्द हुनेछन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कोरोनाको सङ्क्रमण बढी देखिएको स्थानलाई पूर्ण रूपमा बन्द गर्ने रणनीति अपनाइएको बताउनुभयो । सपिङ मल, व्यापारिक प्रतिष्ठानमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भए वा नभएको जाँच गरिने छ भने पालना नगरेको पाइएमा बन्द गरिने छ ।