तोकिएको समयमा निवर्तमान सभापतिले मात्र सभापतिका लागि उम्मेदवारी दिएपछि राष्ट्रिय सभाका चार विषयगत समितिमा पूरानै नेतृत्व दोहरिने भएको छ राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दीलकुमारी रावल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी, दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट र विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङको मात्र उम्मेदवारी परेको छ । एउटा समितिमा एक जनाको मात्रै उम्मेदवारी परेका कारण चारै जना सभापति निर्विरोध चयन भइसकेका छन् । नेतृत्वले दोस्रो कार्यकालका लागि निरन्तरता पाएको औपचारिक घोषणा गर्न आज चारवटै समितिका बैठक छुट्टाछुट्टै बस्न लागेको संसद सचिवालयका सूचना अधिकारी दशरथ धमालाले बताउनुभयो । हिजो विहान ११ बजेदेखि चार बजेसम्म उम्मेदवारीका लागि समय तोकिएको थियो ।