एक प्रहरीले गर्छन् झण्डै नौसय नागरिकको सुरक्षा

एक प्रहरीले गर्छन् झण्डै नौसय नागरिकको सुरक्षा

नुवाकोटमा एक जना प्रहरीले झण्डै नौसय नागरिकको सुरक्षा गर्नु पर्ने दायित्व रहेको छ । दरवन्दी अनुसार प्रहरी नहुँदा शान्तिसुरक्षामा प्रभावकारिता हुन नसकेको स्वयम् प्रहरीले जनाएको छ । २ नगरपालिका र १० गाउँपालिकासहित १२ स्थानीय तह रहेको पहाडी संरचनाको नुवाकोटमा सुरक्षा प्रणालीलाई व्यवस्थित गर्न मजबुत योजनासहित प्रहरी परिचालन भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । जिल्लालाई शान्ति सुरक्षा कायम गराउन दरवन्दी अनुसारका प्रहरी नहुँदा बेलाबेलामा समस्या आउने गरेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक अविनारायण काफ्लेले बताउनुभयो ।

नुवाकोटमा ५ सय ५१ जना विभिन्न दर्जामा प्रहरीको दरबन्दी भएता पनि हाल ३ सय २० जना मात्र कार्यरत रहेका छन् । दरवन्दी अनुसार दुईसय १ जना प्रहरी अपुग रहेको काफ्लेले बताउनुभयो । यसअनुसार नुवाकोटको कुल जनसङ्ख्याको आधारमा एकजना प्रहरीले ८ सय ६८ जना नागरिकको सुरक्षाको जिम्मा लिनुपर्ने अवस्था रहेको छ । प्रहरी उपरिक्षक काफ्लेले शान्ति सुरक्षाको सबालमा कसैसँग पनि सम्झौता नहुने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार