रामेछापमा भारी वर्षाको सम्भावना, जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

रामेछापमा भारी वर्षाको सम्भावना, जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाअनुसार आगामी असोज ९ गतेदेखि ११ गतेसम्म बागमती प्रदेशसहित देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले रामेछापमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रामेछापले एक सूचना जारी गर्दै जिल्लाका नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।

भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने तथा पहिरो लगायतका विपद्का घटना हुनसक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सम्भव भएसम्म सुरक्षित स्थानमा रहन प्रशासनले अनुरोध गरेको छ ।

प्रशासनले सम्भावित विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि सबै नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार