रामेछापको मन्थली नगरपालिका–८, चिसापानी सानिबेसी निवासी ठेटबहादुर ढुङ्गेल (क्षत्री) आज बिहान खेतमा मकै खान आएका बाँदर लखेट्ने क्रममा भिरबाट खसेर गम्भीर घाइते हुनुभएको छ।
स्थानीयका अनुसार बिहान खेतबारीमा पुगेका ढुङ्गेलले मकैबारीमा आएका बाँदर धपाउने क्रममा सन्तुलन गुमाउँदा भिरबाट खस्नुभएको थियो। दुर्घटनामा उहाँ गम्भीर घाइते भएपछि तत्काल उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको थियो।
हाल धुलिखेल अस्पतालमा उहाँको उपचार भइरहेको र स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ।
घटनाप्रति स्थानीयवासीले दुःख व्यक्त गर्दै उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।


