गौरीशंकर माविको एसईई २०८२ मा नगरमै उत्कृष्ट नतिजा, रक्षा बस्नेत नगर प्रथम

गौरीशंकर माविको एसईई २०८२ मा नगरमै उत्कृष्ट नतिजा, रक्षा बस्नेत नगर प्रथम

रामेछापको रामेछाप नगरपालिका–स्थित गौरीशंकर माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै नगरपालिकाभरिमै आफूलाई उत्कृष्ट विद्यालयका रूपमा स्थापित गरेको छ ।

विद्यालयकी छात्रा रक्षा बस्नेतले ३.९६ जीपीए ल्याउँदै रामेछाप नगरपालिकाभरि प्रथम स्थान हासिल गरेकी छन् । त्यसैगरी ज्योति लामाले ३.९१ जीपीए सहित नगर द्वितीय तथा सुजिना लामाले ३.७७ जीपीए सहित नगर तृतीय स्थान हासिल गर्न सफल भएकी छन् ।

विद्यालयका अनुसार यस वर्षको एसैपरीक्षामा १३ जना विद्यार्थीले ए प्लस, १७ जनाले ए, ७ जनाले बी प्लस तथा २ जनाले बी ग्रेड प्राप्त गरेका छन् ।

उत्कृष्ट नतिजापछि विद्यालय परिवारले सम्पूर्ण विद्यार्थी, अभिभावक तथा दिनरात मेहनत गर्ने शिक्षक–शिक्षिका र कर्मचारीप्रति आभार व्यक्त गरेको छ । विद्यालयले अनुशासित शैक्षिक वातावरण, शिक्षकहरूको निरन्तर मेहनत र विद्यार्थीहरूको लगनशीलताका कारण यस्तो सफलता हासिल भएको जनाएको छ ।

विद्यालयको उत्कृष्ट नतिजाले रामेछाप नगरपालिकाको शैक्षिक क्षेत्रमा नयाँ उत्साह थपिएको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार