रामेछापमा राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा विविध कार्यक्रम

रामेछापमा राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा विविध कार्यक्रम

राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८३ को अवसरमा रामेछापमा विभिन्न कार्यक्रम गरिएको छ । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल रामेछाप शाखाले विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो ।

दिवसको अवसर पारेर संस्थाको प्रथम साधारण सभा,रामेछाप जिल्लामा रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको फोटो प्रदर्शनी गरिएको हो । साथै संस्थाको २०८३ सालको भित्तेपात्रो समेत सार्वजनिक गरिएको हो ।

मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्नु हुँदै नगर प्रमुख तस्बिरले सत्य बोल्ने र समाजको यथार्थ चित्रण गर्ने भएकाले फोटो पत्रकारिताको विशेष महत्त्व रहेको बताउनुभयो । उहाँले फोटो पत्रकारहरूमा समर्पण, साहस र सृजनशीलता झल्किने उल्लेख गर्नुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार