रामेछापको माकादुममा सुमो दुर्घटना,६ जना घाईते

रामेछापको माकादुममा सुमो दुर्घटना,६ जना घाईते

रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुममा सोमबार(आज) बिहान एक यात्रुवाहक सुमो दुर्घटनामा परेको छ। खाँडादेवी–७ बाट यात्रु लिएर काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ज ०२२४ नम्बरको सुमो दुर्घटना भएको हो। दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन्।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले उहाँहरूलाई तत्काल थप उपचारका लागि काठमाडौँ पठाइएको छ। गम्भीर घाइते हुनेहरूमा अन्दाजी ६० वर्षीया ठुली तामाङ, अन्दाजी ४५ वर्षीया रिता तामाङ र अन्दाजी ४८ वर्षीया सुनमाया तामाङ रहनुभएको छ। अन्दाजी २५ वर्षिय सुमो चालक किशोर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार